राजनीति
पोखरा । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमकाबीच गण्डकी सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
प्रदेशसभाको बैठक फागुन २९ गतेका लागि बैठक बोलाइएको थियो । तर, अल्पमतमा परेको सरकारले शुक्रबार रातिदेखि लागु हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।
नेकपा (माओवादी केन्द्र)ले बुधबार समर्थन फिर्ता लिएसँगै कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अल्पमतमा परेका छन् । उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८० १७:४१
प्रतिक्रिया दिनुहोस्