काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसँगको वार्ता सकारात्मक रहेको बताएका छन् । मंगलबार राति नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले देशको परिस्थितिबारे छलफल भएको बताए ।
तर, उनले आफू नेपालको स्वास्थ्य अवस्था बुझ्न आएको बताए । "म त माधवजीलाई रुघाखोकी लागेको रहेछ । ज्वरो आएको रहेछ । म उहाँको स्वास्थ्य बुझ्न हेर्न बुझ्न र स्वास्थ्य लाभको कामना गर्न आएको थिएँ । अब आइसकेपछि देशको परिस्थितिबारे पनि यसो छलफल चल्नु स्वाभाविक हो ।"
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पनि सहभागी थिए । साथमा एमाले नेता विष्णु पौडेल, शंकर पोखरेल पनि थिए ।
बैठकपछि एमाले महासचिव पोखरेलले सकारात्मक छलफल भएको र बाँकी भोलि छलफल हुने बताए ।