कला
काठमाडौं । नेपाली कथानक चलचित्र ‘मोदिबेनी’ घोषणा गरिएको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई शंकर कोइरालाले निर्देशन गर्नेछन् ।
चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहनेछन् ।
चार दशक अघि र अहिलेको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदिबेनी क्षेत्रको कथा भन्ने निर्माता केसीले जानकारी दिए । आनन्द बिक्रम क्षेत्रीले कथा लेखेका छन् ।
माघमा छायांकनमा जाने चलचित्रका कलाकारबारे भने जानकारी गराइएको छैन ।
प्रकाशित मिति: मंगलबार, माघ २, २०८० ०९:०५
प्रतिक्रिया दिनुहोस्