कला
काठमाडौं । अभिनेता उत्तम प्रधानले नेपाली सिनेमामा ‘कमब्याक’को प्रयास गरेका छन् । ‘दर्पण छाया’ फेम्ड अभिनेता उत्तम प्रधानले लामो समयपछि कमब्याकको प्रयास गरेका गरेका हुन् ।
चलचित्र ‘म्याउँ’मा दर्शकले उनको अभिनय देख्न पाउने भएका छन् । उनीसँगै यो सिनेमामा अनुप विक्रम शाही मुख्य भूमिकामा हुनेछन् ।
चलचित्रलाई लेखन, निर्देशन तथा निर्माण जयराज रायको रहनेछ । जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने चलचित्रमा प्रमुख भूमिकाको लागि अभिनेत्रीको भने टुंगो लाग्न बाँकी छ ।
मानसिक रूपमा विक्षिप्त ‘साइको किलर’ले समाजमा देखाउने आफ्नो उपस्थिति र त्यसबाट उत्पन्न हुने परिस्थितिको कथामा चलचित्र ‘म्याउँ’ बन्न लागेको हो ।
प्रकाशित मिति: सोमबार, माघ १, २०८० १७:३८
प्रतिक्रिया दिनुहोस्