गण्डकी । पोखरा थिएटरको गन्धर्व नाटकघरमा बिहीबारदेखि ‘१२ दुर्वासा’ नाटक मञ्चन सुरु भएको छ । अमेरिकी नाटककार रेग्नाल्ड रोजद्वारा लिखित उक्त नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका हुन् । पोखरा थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार पारिएको नाटकमा उनीसहित १३ कलाकारले अभिनय गरेका छन् ।
नाटकमा नाट्यकर्मी रमेशबाबु तिमल्सिना, अनुषा परियार, रवीन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुसाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सा विश्कर्मा र रोहित पौडेलको अभिनय छ ।
आगामी माघ १३ गतेसम्म मञ्चन हुने नाटकले वर्गीय, जातिय, क्षेत्रीय तथा लैंगिक समाजको चित्रण गर्ने भएकाले नाटकप्रेमीको ध्यान खिच्ने अपेक्षा गरिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । रासस