site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी बन्न सक्छ ‘१२वीं फेल’ नेपाली सिनेमाका लागि ‘ट्रेन्डसेटर’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा बलिउड सिनेमा ‘१२वीं फेल’को ठूलो चर्चा छ । सिनेमा हेर्नेहरूले राम्रो भनिरहेका छन् । 

यो चलचित्रको निर्देशन विधुविनोद चोपडाले गरेका छन् । जसको छवि सामान्य विषयमा लोभलाग्दो सिनेमा बनाउने मेकरको छ । 

‘१२वीं फेल’मा विक्रान्त मासे, मेधा शंकर, सञ्जय बिस्नोइ, हरिश खन्नालगायत कलाकार मुख्य भूमिकामा छन् । 

KFC Island Ad
NIC Asia

मनोजकुमार शर्माको जीवनमा आधारित सिनेमाको सामान्य कथामा निर्देशकीय कौसलका कारण सिनेमाले चौतर्फी प्रशंसा बटुलिरहेको छ । 

कुनै बेला डाकुहरूको कब्जामा रहेको गाउँका युवक मनोज उनको सामान्य परिवारबाट कसरी संघर्ष गर्छन् ? उनले आफ्नो सपना भट्टाउँछन् गर्ने संघर्ष नै सिनेमाको कथा हो । जसलाई अहिले नेपाली चलचित्रकर्मी हुन् वा सामाजिक सञ्जालका प्रयोगकर्ता मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । यस्तै सिनेमा बन्नुपर्छ भनिरहेका छन् ।

चलचित्र निर्देशक तथा समीक्षक मनोज पण्डित ‘१२वीं फेल’को मुख्य पात्र दर्शकसँग कनेक्ट हुनु नै सिनेमा राम्रो हुनु र मन पराइनुको मुख्य कारण भएको बताउँछन् । “सिनेमाको मुख्य पात्रसँग दर्शकको कनेक्सन हुने सिनेमा नै मन पराइन्छ,” मनोज भन्छन्, “१२वीं फेल रुचाइनुको मुख्य कारण यही नै हो ।”

नेपाली मेकरले यो सिनेमाबाट धेरै सिक्न सक्ने मनोज बताउँछन् । “यो फिल्मबाट नेपाली मेकरले धेरै कुरा सिक्न सक्छन्,” उनी भन्छन्, “यो चलचित्र नेपाली सिनेमा उद्योगका लागि ट्रेन्डसेटर बन्न सक्छ ।” 

दर्शकले पात्रको कठोर संघर्ष र उपलब्धी हेर्न चाहने र त्यो आफूले देखे/भोगेको आफ्नै समाजको भए सुनमा सुगन्ध हुने उनको भनाइ छ । “समाजका पात्रले बेसिक संरचनामा रहेर उपलब्धीका लागि गर्ने संघर्ष र प्राप्ति नै संसारभरका राम्रा सिनेमाको आधारभुत पक्ष हो,” मनोज भन्छन्, “सिनेमामा पात्रले जति धेरै संघर्ष गरेका छन्, ती सिनेमा नै वास्तवमा संसारमा पावरफुल बनेका छन् ।”

समाजका सामान्यका कथा कसरी पर्दामा देखाउने भन्ने यो चलचित्रबाट सिक्नु पर्नेमा उनको जोड छ । आफ्नै वरिपरि रहेका विषयले नै आम मान्छेलाई छुने र त्यसलाई राम्रोसँग भन्न सक्नु पर्ने र त्यो कुरा ‘१२वीं फेल’बाट मनन गर्न सकिने उनको बुझाइ छ ।  

“हामी ठूलठूला विषय खोज्छौँ । तर दर्शक सामान्य पात्रका सामान्य कथा मन पराउँछन्,” मनोज भन्छन्, “यस्ता पात्र र कथा हाम्रो समाजमा थुप्रै छन्, जुन दर्शकले रुचाउँछन् ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro