site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र उद्योगमा बलेको आगो ताप्ने प्रवृत्ति थप मौलाएछ : दीपक श्रेष्ठ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

काठमाडौं । निर्देशक दीपक श्रेष्ठले नेपाली चलचित्र उद्योगमा बलेको आगो ताप्ने प्रवृत्ति रहेको बताएका छन् । पहिलादेखि नै यो प्रवृत्ति रहेको तर अहिले थप मौलाएको उनको भनाइ छ । 

नयाँ कलाकार लिएर सिनेमा बनाउँदा धेरैले आफूलाई सहयोग नगरेको उनको गुनासो छ । “बलेको आगो ताप्ने भन्ने उखान नै छ, यो अहिले थप चरितार्थ भएको पाएँ,” उनले भने । 

नयाँ कलाकार लिएर सिनेमा ‘पर्खी बसेँ तिमीलाई’ बनाउँदा आफूले निकै चुनौती भोग्नु परेको दीपक बताउँछन् । नयाँ कलाकार लिएकै कारण पोस्टर टाँस्न समेत समस्या भएको उनको भनाइ छ । नयाँ अनुहारलाई लिएर सिनेमा बनाउँदा बाटोमा काँडैकाँडा मात्रै भेटिने उनको अनुभव छ । 

KFC Island Ad
NIC Asia

“नयाँ कलाकार लिएर बनाएको सिनेमा कसले हेर्ने भनेर भनिरहेको मैले पाएको छु । प्रिमियरमा मेरो सिनेमा हेर्न आउनुस्, नराम्रो छ भने नराम्रो भन्नुस्,” निर्देशक दीपक भन्छन्, “मेरो यो २७औँ सिनेमा हो । राम्रो चलचित्र बनाउने भए सातवटा चलचित्र पनि बन्दैन थिए होला ।” 

आफ्नो सिनेमा कस्तो छ भनेर आफूबाहेक कसैलाई थाहा नभएको उनको दाबी छ । “प्रदर्शन नभइ मेरो सिनेमा राम्रो छैन भनेर कसरी थाहा भयो ? मबाहेक मेरो परिवारलाई पनि मेरो सिनेमा कस्तो छ भन्ने थाहा छैन,” उनले भने । 

नयाँ अनुहारलाई लिएर कथा भन्दा जीवन्त हुने भएकाले आफूले नयाँ कलाकार लिएको उनको भनाइ छ । 

‘पर्खी बसेँ तिमीलाई’का नायक किरण श्रेष्ठ सुरुमा सबै कलाकार नयाँ नै हुने बताउँछन् । “नयाँलाई साथ दिनुपर्छ । नयाँलाई सबैले साथ दिनुपर्छ,” उनले भने, “नयाँ भएकै कारण पाउनेजति स्पेस नपाएको जस्तो लाग्छ ।” 

यद्यपि, सिनेमा हेर्दा दर्शकले नयाँ कलाकारजस्तो नलाग्ने उनको दाबी छ । आफूले नेटफ्ल्किसको सिनेमामा पनि काम गरिसकेको तर रिलिज हुन बाँकी रहेको उनले जानकारी दिए । 

नायिका रक्षा बुढाथोकीले अग्रज तथा अनुभवी निर्देशक श्रेष्ठले आफूहरूमा सम्भावना देखेरै लिएको बताइन् । “काम गर्न सक्छन् भनेर नै हामी नयाँ भए पनि दीपक श्रेष्ठले लिनुभएको हो,” उनले भनिन् ।

निर्माता राजाराम बुढाथोकीको लगानी रहेको चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ यही पुस २७ गते रिलिज हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro