काठमाडौं । नेपाल कला परिषद्मा मंगलबारदेखि कलाकार भरत सिंहको एकल चित्र प्रदर्शनी सुरु भएको छ ।
पाँच दिनसम्म चल्ने प्रदर्शनीमा नेपालका ख्यातिप्राप्त कलाकार, उद्योगी, विशेषज्ञ चिकित्सक, राजनीतिज्ञसहितका ४० वटा चित्र राखिएको छ ।
आफ्नै छनोटमा तीन वर्ष लगाएर ४० जना व्यक्तित्वको चित्र तयार परिएको कलाकार सिंह बताउँछन् । सिंहको यो १६औँ कला प्रदर्शनी हो । १६औँ संस्करणसम्म आइपुग्दा करिब ६०० चित्र प्रदर्शन गरेको उनको भनाइ छ ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८० २०:००
प्रतिक्रिया दिनुहोस्