काठमाडौं । धरानमा सुम्निमा–पारुहाङको प्रतिमा स्थापना गर्न कलाकारहरूले सहयोग गर्ने भएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको सुम्निमा–पारुहाङको प्रतिमा स्थापनामा कलाकारहरूले सहयोग गर्ने भएका हुन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, गायक राजेशपायल राई, संगीतकार शान्तीराम राईलगायतले आर्थिक सहयोगको प्रतिबद्धता जनाएका हुन् ।
दयाहाङ, विल्सनविक्रम र राजेशपालयले जनही एक÷एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
दयाहाङले सुम्निमा–पारुहाङको प्रतिमा स्थापनाले धरानको पर्यटनलाई सहयोग गर्ने बताए । किराँती दर्शनलाई अन्य समुदाय र विदेशमा पनि लैजानु पर्ने बताए ।
विल्सनले भावि पुस्तालाई किराँती दर्शन आवश्यक रहेको बताए ।