काठमाडौं । ‘मोडल हन्ट नेपाल २०२३’का लागि ३८ प्रतियोगी छनोट भएका छन् । विभिन्न चरणको प्रतियोगी छनोट अडिसनबाट १६ मेल र २२ फिमेल गरेर ३८ प्रतियोगी छानिएका हुन् ।
आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाका अनुसार प्रतियोगीताको फाइनल स्पर्धा यही पुस १२ गते होटल सोल्टीमा आयोजना हुनेछ ।
प्रतियोगिताको मेल विजेताले पार्टो रिको देशमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘रनवे मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । फिमेल विजेताले थाइल्यान्डमा आयोजना हुने मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसायिक मोडल उत्पादन गर्ने उद्देश्यले आठ वर्षदेखि प्रतियोगिता नियमित आयोजना हुँदै आएको छ ।