काठमाडौं । सौन्दर्य पारखीहरुको आधुनिक अपेक्षालाई पूरा गर्ने उद्देश्यका साथ नारायणचौर नक्सालमा (दरबारको पूर्वीद्वारको नजिकै) फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुलेको छ । भारतकी चर्चित सुन्दरी मिस भारत २०२३ नन्दिनी गुप्ताले सोमबार एक समारोहका बीच उक्त स्टुडियोको समुद्घाटन गरिन् । समुद्घाटनमा मिस नेपाललगायतका सौन्दर्य पारखीहरुको उपस्थिति थियो ।
भारतका शहरी युवती र महिलाहरुमाझ विगत साठी वर्षभन्दा बढी समयदेखि फेसन, जीवनशैली र सौन्दर्यका क्षेत्रमा अमिट छाप छोड्दै आएको म्यागजिन हो फेमिना । यसले भारतको सौन्दर्य, फेशन र आधुनिक जीवनशैलीमा ठूलो रुपान्तरण ल्याइदिएको छ । साथै यसले महिलाहरुको बहुआयमिक व्यक्तित्व विकासमा उल्लेखनीय काम गरेको छ ।
सन् २०२३ मा फेमिना मिस भारत ताज जितेकी नन्दिनी मिस भारत वल्र्ड २०२३ पनि हुन् ।
कम्पनीकी प्रबन्ध निर्देशक कुशुमाञ्जली केसी श्रेष्ठले निमन्त्रणालाई सहर्ष स्वीकार गरी काठमाडौंमा सौन्दर्य पारखीहरुको एउटा संग्राहलय जस्तो मानिने फेमिना फ्ल्न्ट स्टुडियो सलुन को उद्घाटन गरिदिएकोमा मिस भारत नन्दिनीप्रति आभार व्यक्त गरेकी छन् ।