site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यानडाको टोरन्टोमा नेपथ्य यात्राको 'भव्य' समापन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

टोरन्टो । नेपथ्यले क्यानाडाको श्रृंखलावद्ध यात्रा ऐतिहासिक स्मारकका रुपमा श्रद्धा गरिने भव्य सभागृह ‘मेस्सी हल’मा गर्विलो उपस्थिति जनाउँदै टुङ्ग्याएको छ । पहिलोपटक क्यानाडामा पाइला टेकेको ब्यान्डले सुरुमा क्यालगरी, त्यसपछि भ्यानकुभर हुँदै अन्त्यमा टोरन्टोमा प्रस्तुत भइरहँदा त्यो क्षण स्थानीय नेपाली समुदायका लागि मानक बनेको थियो ।

“यति महत्वपूर्ण हलमा उस्तै महत्वपूर्ण तवरले नेपथ्य प्रस्तुत भइदियो,” टोरन्टोका मिङमा नोर्गे शेर्पा भनिरहेका थिए, “दर्शकका रुपमा उपस्थित हुँदा पनि त्यो एउटा नेपालीले गर्व गर्ने क्षण बनिदियो ।” मिङमाका अनुसार प्रस्तुतिदेखि लिएर सहभागितासम्मका हिसाबले यस्तो भव्य अनुभूति यसअघि भएको थिएन ।

KFC Island Ad
NIC Asia

कन्सर्ट सकिएपछि नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङको फेसबुक पोस्टमा आएका प्रतिक्रियाहरुले पनि मिङ्माका भनाइलाई थप पुष्टि गरिरहेका छन् । दर्शक हुनुको अनुभूति प्रकट गर्दै प्रतिक्रिया जनाउनेहरुले टोरन्टो शोलाई ‘जीवनकै महत्वपूर्ण अनुभव’ भनेर उल्लेख गरेका छन् ।

09-Nepathya-frontman-Amrit-Gurung-performing-in-Toronto.-Photo-Dipit-Raz-Nepalaya-1696935915.jpg

आफ्नो सधैँको स्वभावजस्तै ब्यान्डका मुख्य गायक एवं अगुवा अमृतले पनि कन्सर्ट अवधिभर दर्शकहरुसँग गीतको साथसाथै संवादलाई जारी राखे । “नेपालीहरु जतासुकै फैलिए पनि हामी सबैको साझा घर नेपालै हो,” अमृतको भनाइ थियो, “तपाईंहरुले यहाँ सिकेको सीप र आर्जन गरेको धन जोडेर स्वदेशको निर्माण गर्नुपर्छ ।”

कन्सर्टमा ‘यो जिन्दगानी’ गीत प्रस्तुत गरिरहँदा गायक अमृतले पछिल्लो समय नेपथ्य ब्यान्ड मानव सेवा आश्रमसँग मिलेर मानवताको सेवामा समर्पित भइरहेको जानकारी पनि गराएका थिए । नेपथ्यले ‘रातो र चन्द्र सूर्य’ गीतबाट आफ्नो प्रस्तुति अन्त्य गरेको थियो ।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । टोरन्टो प्रस्तुतिसँगै क्यानाडाको श्रृंखलावद्ध यात्रा समाप्त भएपछि अब १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अक्टोबर १२ तारिखमा स्वदेश फर्कँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro