अर्थ व्यवसाय

काठमाडौं । वायु सेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले माउन्टेन फ्लाइट र सिलिङ उडान बन्द गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय व्यवहारिक नभएको बताएका छन् ।
शुक्रबार 'हवाई उड्डयनको वर्तमान अवस्था, चुनौती तथा अवसर' शीर्षकमा आयोजित कार्यशाला गोष्ठीपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले माउन्टेन फ्लाइट र सिलिङ उडान रोकेर दुर्घटना न्यूनीकरण नहुने बताए । हरेक हेलिकोप्टर उडानको सुरक्षाका लागि आफूहरू गम्भीर रूपमा लागिरहेको उनको भनाइ छ ।
उनले दुर्घटनाको कारणबारे प्राधिकरणको बुझाइ गलत रहेको पनि बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० १७:२०
प्रतिक्रिया दिनुहोस्