अराजकता व्यक्ति, समूह वा दल जस्को भए पनि त्यसले गर्ने हिंसात्मक द्वन्द्वको बीजारोपण नै हो । अराजक उत्तेजनाको परिणाम घातक अनि भयावह नै हुने हो । यसको तात्कालिक प्रतिफल जति स्वादिलो देखिन्छ परिणामपछिका ‘साइड इफेक्टहरू’ त्यत्तिकै डरलाग्दा र दीर्घकालीनरूपमा खतरनाक हुन्छन् ।
भारतलाई तथानाम गाली गर्दा लोकप्रियता आर्जन गर्न सजिलो हुने मनोरोगले ग्रस्त राजनीतिक दल र खासगरी उग्र कम्युनिस्ट तथा उग्र मण्डलेहरूले हालसम्म न त समाधान दिन सके न त गाली गर्ने बानी त्याग्न सके । भारतबाट तीनतिर घेरिएको हाम्रोजस्तो मुलुकले आफू सबल, सुखी र सम्पन्न बन्न लागिपर्ने कि हाम्रो सारा शक्ति प्रतिशोधपूर्ण विष बमनमा खर्च गर्ने ?
इजरायलजस्तो सानो मुलुक आफ्नो शक्ति सञ्चयका कारण चारैतिर शत्रु देशहरू हुँदाहुँदै पनि अटल अस्तित्व बोकेर बाँचेको छ । भ्रष्टाचाररहित विकास र नमुनायोग्य सुशासनको जग बसाएर विधिको शासन स्थापित गर्न सक्ने हो भने त्यही भारतले हामीलाई हेर्ने दृष्टिमा आमूल परिवर्तन देखापर्ने छ । आफैँ देश र जनतालाई कमजोर बनाउने अनि छिमेकीले हेप्यो भनेर मुर्मुरिनेमात्र गर्दा हामी कति सफल हुने छौँ ?
अनि नेतृत्वले विवेकशील निर्णय गर्ने कि आवेशमा आएर उत्तेजक शैली प्रदर्शन गर्ने ? हुँदै नभएको हृतिक रोशन काण्डमा उत्तेजनाको पछि लाग्दा हामीले कति ठूलो क्षति व्यहोर्नु परेको थियो । बालेनका कतिपय अभियानहरू प्रशंसायोग्य हुँदाहुँदै पनि पछिल्ला दुई कार्यहरू लहड, उत्तेजनाप्रेरितमात्र होइन अत्यन्त अपरिपक्व देखियो । अदालतप्रतिको उनको टिप्पणी त झन् अशोभनीय र आपत्तिजनक रह्यो ।
एउटा चलचित्रको संवादमा जानकीलाई भारतकी छोरी भनियो भनेर सारा हिन्दी चलचित्रमाथि प्रतिबन्ध लगाउने उनले घोषणा गर्दा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह सत्यतामा पुग्न पनि खोजेको देखिएन । सिनेमाको संवाद बारे विवाद सुरु भएपछि उनले त्यो सिनेमा हेरेर त्यसको सत्यता जाँंच गर्ने प्रयास पनि गरेनन् ?
हुन त यो पंक्तिकारलाई पनि उक्त सिनेमा हेर्ने अवसर प्राप्त भएको छैन तर विवादास्पद संवाद भनिएको दुईटा भिडियो क्लिप्स भने हेर्ने मौका भने मिल्यो । सीता र रावणको एउटा प्रसंगमा जानकीले रावणलार्ई भन्छिन् – ‘मेरे राघवका परिचय उन्ही से पुछ लेना जब वह मुझे लेने आएँंगे ।’ जवाफमा रावणले भन्छन, ‘लेने आएँंगे तुम्हेँं ? हाहाहा....... जागो जानकी, देखो अपने चारोँं ओर, तुम मिथिलामे नहीँं हो कि राघव डोली और बारात लेके तुम्हेंँ लेने आएँंगे ।’ अर्थात् रावणले ‘तिमी अहिले मिथिलामा छैनौ कि राघव तिमीलाई लिन डोली र जन्ती लिएर लिन आउँन’ भनेका छन् । यसको अर्थ सीताको माइतीघर मिथिला हो भन्ने बुझ्नुपर्छ । पौराणिक तथ्यहरूले अहिलेका मुलुकहरूको सीमा निर्धारण नहुंँदै मिथिला राज्यको राजा जनक भएको र त्यतिबेलाको मिथिला क्षेत्र अहिलेको नेपालका जनकपुर, महोत्तरी, सिराहालगायतका तराईका भूभाग र भारतको बिहारका केही क्षेत्रहरू थिए भन्ने देखाउँंछ । राजा जनकको दरबार भएको क्षेत्र अहिलेको नेपाल हो । अब मिथिला जानकीको माइतीघरभन्दा हामी नेपालीले त्यो भारतमा थियो भनेर के आधारमा बुझ्नु पर्ने हो ? के बालेनसँंग यसको कुनै तथ्य वा आधार छ त ? किन उनीजस्तो जीम्मेवार प्रतिनिधिले त्यसबारे बुझ्दै नबुझी हचुवाको भरमा वैदेशिक सम्बन्धमै असर गर्ने यति गम्भीर निर्णय लिएको घोषणा गरे ?
सिनेमाको विवादास्पद लाग्ने अर्को प्रसंगमा जात्रँ– राघव अर्थात रामले आफ्ना सेनाको मनोबल बढाउँंदै हिन्दीमा भनेका छन् – ‘आज मेरी लडाईँं थी जिससे तुम सब जुड गए । र्मै आभारी हुँं । लेकिन आज मेरे लिए मत लडना, अपने लिए लडना । उस दिनके लिए लडना जब हजारौं वरस बाद तुम्हारी गाथाएँं सुनाकर माएँं बेटोँंको बडा करेगी । उस दिनके लिए लडना जब भारतकी किसी बेटी पर हाथ डालने से पहले दुराचारी तुम्हारा पौरुषको याद करके थर्रा उठेगा ।’ अर्थात्, रामले – ‘मेरो लडाईँंमा साथ दिन तिमीहरू सबै एकत्रित भएकोमा म आभारी छु । तर, आज तिमिहरूले मेरो लागि होइन, आफ्नै लागि लड । यस्तो दिनको लागि लड कि हजारौं वर्षपछि तिमीहरूको यो गाथा सुनाएर नै एउटी आमाले आफ्ना छोराहरूलाई हुर्काउन् । यस्तो दिनको लागि लड ताकि भारतकी कुनै छोरीलाई हात लगाउनुभन्दा अघि दुराचारीहरू तिमीहरूको पुरुषार्थको याद गरेर काँंपुन’ भनेर रावणसँंग लडाईँं लड्न आएका आफ्ना सेनाको हौसला बढाउन खोजेका छन् । मानिलिउँं, हामीमध्ये कसैको विवाह भारतको कुनै सहरकी युवतिसँंग भयो । उनलाई कुनै शत्रुले अपहरण गरेर नेपालकै कुनै भूभागमा लगेको छ । ठाउँं, शत्रु दुवै पत्ता लाग्यो । र, आफ्ना साथीभाई, इष्टमित्र वा सुरक्षाकर्मी सबैलाई लिएर हामी त्यता जान लाग्यौँ । त्यसबेला लड्न जाने सबैको हिम्मत बढाउनुपर्यो भने के हामी श्रीमतीको माइती भारत भएकै कारण ‘यसरी दुश्मनलाई परास्त गरौँ कि अबदेखि कुनै पनि भारतकी छोरीलाई कुनै बदमासले हात लगाउनुअघि एक पटक हामीलाई सम्झेर उ थर्र्र काँप्न थालोस्’ भन्छौ ? कि ‘‘यसरी दुश्मनलाई परास्त गरौं कि अबदेखि कुनै पनि नेपाली महिलालाई कुनै बदमासले हात लगाउनुअघि एक पटक हामीलाई सम्झेर उ थर्रर काँप्न थालोस्’ भन्छौ ? आदिपुरुष फिल्मको संवादलाई यसरी नै बुझ्न नसकेर हामीले कतै हाम्रो राष्ट्रियताको धरातल अत्यन्त कमजोर छ भनेर चित्रित त गरेनौ ?कतै यो हाम्रो राष्ट्रियताप्रतिको कमजोर आत्मविश्वास त होइन ?
देशको राजधानी काठमाडौं महानगरपालिकाका प्रमुखको यस्तो अपरिपक्व निर्णयले कतै हृतिक रोशन काण्ड दोहोरिने त होइन ? त्यस्तै भएर कुनै नेपालीको ज्यान जाने अवस्था आयो भने त्यसको जिम्मेवारी बालेन साहले लिनुपर्छ । यो उनको अपरिपक्क निर्णय होइन र जानाजान गरेको हो भने कतै बालेन मुलुकमा अराजकता फैलाएर लोकतन्त्र समाप्त पार्न चाहनेहरूका प्रतिनिधि पात्र त होइनन् भन्ने पनि प्रश्न उठ्छ ।
माथि उल्लेख गरिएअनुसार यसरी विश्लेषण नगरी सरसर्ती उक्त फिल्मको कुनै संवादले कतै न कतै नेपालीको स्वाभिमान र राष्ट्रियतालाई आँंच पुर्यायो भन्ने ठान्ने हो भने पनि एउटा अज्ञानी संवाद लेखक र निर्देशकको कारण देखाएर सम्पूर्ण हिन्दी फिल्ममाथि प्रतिबन्ध लगाउनु कति उचित हो ? यस्तो सतही र काँचो निर्णय गर्ने मेयरले अब तीन करोड नेपालीका घरघरमा हेरिने हिन्दी सिरियलहरू अनि अधिकांश नेपालीले सुन्दै आएका लाखौं हिन्दी गीतहरूमाथि पनि प्रतिबन्ध लगाउनुपर्छ त भन्दैनन् ? एउटा फिल्म निर्माताले गरेको गल्तीको सजाय सबैलाई दिँदा नेपालीहरूको मानसम्मान झल्किने राम्रा सामग्रीहरू पनि प्रतिबन्धित हुन पुग्छन् भन्ने उनले भेउ पाउन सकेको देखिएन ।
अर्को विषय हो हिसान मेला बिथोलिएको घटना । “गुणस्तरीय शिक्षा नेपालमै” भन्ने नारा दिएर दिशभित्रै विद्यार्थी रोक्न आयोजना गरिएको शैक्षिक मेलालाई हठात बिथोलेर “ए लेभल र इन्डियन सीबीएसई बोर्ड“ का कक्षाहरूमा खुलेआम भर्ना गर्न दिने कार्यले कसलाई फाइदा पुग्यो होला ? उनका यी दुई निर्णयबीच कति विरोधाभास छ ?
कुनै पनि कुशल नेतृत्वले तत्काल उत्पन्न आवेगलाई शासनको आधार बनाउँदैन । संघ सरकारले अनुमति दिने अनि स्थानीय सरकारले प्रतिबन्ध लगाउने कामले कस्तो पद्धतिलाई स्थापित गर्ला ? बालेनका पछाडि एकथरी युवाको ठूलो जमात छ भन्दैमा उनलाई कानुनभन्दा माथि र पद्धतिभन्दा बाहिर जान छुट हुँदैन । जुन भरोसा र साथ दिएर उनलाई महानगरको मेयर पदमा युवा मतदाताले जिताए त्यो लोकतन्त्र, विधिको शासन र पद्धतिबाहिरका लागि हो भनेर बुझ्नु गलत हुनेछ ।
गर्दै जाँदा गल्ती पनि हुनसक्छ । त्यसलाई सच्याउनु सफल नेतृत्वको विशेषता हो भने बालहठ देखाउनु पतनको बाटोमा लाग्नु हो । भिडलाई खुसी पार्न होइन विधि र पद्धति स्थापित गर्न बालेन अगाडि बढ्न सकेको भए बेस हुन्थ्यो । होइन, भिडबाट सञ्चालित हुने र यस्तै अराजक र अपरिपक्क निर्णय गर्दै जाने हो भने बालेनको पनि पतन हुन बेर लाग्दैन ।