site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
यसपटकको बजेट किन धेरै आलोचित ?

यसपटकको बजेट किन यति धेरै आलोचित भयो ?  यो विज्ञहरूले नै गहिरोसँग बुझ्ने र भन्नसक्ने विषय हो । जानकारी राख्न खोज्ने सर्वसाधारणले त अनुमानित आयको व्ययको विवरण (बजेट) लाई मुख्य दुई प्रकारले नियाल्ने रहेछन् । पहिलो अर्थविद्, औद्योगिक, व्यापारिक र लगानी व्यवसायमा संलग्नहरूको टिप्पणी वा करको प्रभाव आदिबाट बजेट बुझ्ने रहेछन् । दोस्रो महँगीले आफ्नो भान्छामा परेको वा पर्ने प्रभाव र करको कहरबाट तिनले बजेटप्रतिको धारणा बनाउँदा रहेछन् । म समूह दुईमा पर्छु ।

यो उमेरसम्म आँउदा र कुनै पनि विषयलाई सचेत भएर बुझ्न खोज्दा धेरै आलोचना भएको बजेटहरूमा आर्थिक वर्ष २०८०–०८१ कै हो भन्ने अनुभूति भएको छ । अरूको पनि यसभन्दा भिन्न बुझाइ होलाभन्ने मलाई लाग्दैन । चारैतिर चर्को स्वरमा बजेटप्रति असन्तुष्टि व्यक्त भएको छ । जब समकालीन विश्वमा राजनीति र अर्थतन्त्र (अर्थराजनीति) को अन्योन्याश्रित प्रभाव बुझ्न खोजियो तब यसप्रति हुने सामाजिक धारणाबारे चासो रहने नै भयो । 

स्वयं बजेट प्रस्तोता अर्थमन्त्री र यसलाई समर्थन गर्नेहरूले पनि मनमा एउटा भाव राखेर आफूले गरेको कामको पक्षमा बोल्नै पर्ने बाध्यता व्यक्त गरेका हुन् भन्ने लाग्छ । किनभने तिनको आत्मा सर्वत्र वा सप्रमाण व्यक्त टिप्पणीलाई नबुझ्ने र त्यस्ता टिप्पणीले घोच्नै नसक्ने ढुंगो हो वा विवेकहीन हो भन्ने लाग्दैन । ती पनि त मानिस नै हुन् !

KFC Island Ad
NIC Asia

केही आलोचनात्मक टिप्पणीले अहिले प्रस्तुत बजेट ‘लम्फु बजेट’ हो भन्ने सुनिदैछ । सुरुमा सुन्दा राम्रै लाग्यो । ठीकैजस्तो सुनियो । जब यसको केस्राकेस्रा अध्ययन गरेर अर्थविश्लेषण र भोक्ता, उपभोक्ताको आलोचनात्मक टिप्पणी वर्षिन थाले अनि लाग्यो सुरुमा झुक्किए छु । बजेट त 'लम्फु' नै पो रहेछ । मेरो बुझाइको सत्य यही हो ।

समग्रमा अर्थोक भए त्यो पनि बाहिरिँदै आउला । त्यसपछि मैले अहिले बुझेको सत्य, सत्य होइन रहेछ भन्ठानौला । जसरी सुरुमा सुन्दा ठीकै लागेको थियो ।  त्यो ठीक अहिले चित्त बुझ्दा टिप्पणीहरूले भत्काइदिए । त्यसरी नै सत्यको अंश पहिचानमा पनि फरक पर्ला ।

Royal Enfield Island Ad

आलोचनात्मक टिप्पणीमा सुनिएका र पढिएका विषयले मेरोजस्तै सबैको दिल दिमागलाई कोतरेर ब्युँझाएको हुनसक्छ । यो मेरा विहङ्गम दृष्टिजन्य विश्वास हो ।  एउटा प्रश्न समवयी अध्यतासँग राखिहालौँ – वाध्यताभन्दा बाहिरका कुनै पनि जानकारलाई यो बजेट धेरै अर्थमा राम्रो हो भन्ने लागेको छ त ? वा यति चर्को आलोचना आफ्नो जीवनको सुनुवाइमा अर्को कुन चाहिँ गुन्जिन्छ ? एकपटक सोचौँ त ?

हाम्रो जीवनले धेरै बजेट सुनेको छ । तिनको प्रभाव, दुष्प्रभाव भोगेको छ । कुनै पनि अर्थमन्त्रीले आफैलै प्रस्तुत गरेको बजेटलाई नराम्रो भनेका छैनन्,  भन्दैनन् । तिनका समर्थक र ताबेदारहरुले ताली पिट्ने परम्परा सदाबहारै हो । बजेटहरूको इतिवृत्तमा सबैभन्दा राम्रो बजेट आफैँले दिएको भन्ने प्रत्येकपटकको गर्वोक्ति नै छ । अहिले पनि त्यही हो । वर्षौँदेखि यस्तो दाबा गरिने सयौं बजेटका भोक्ता नेपालीको आर्थिक क्षमता किन झन्झन् आकाशको फल भएको हो त ? 

तत्कालीन श्री ५ को निर्दलीय, पञ्चायती सरकारको बजेट पनि सुनियो । भोगियो । राजाले अंकुश समाएको त्यसबेलाको सरकार जनताको पनि होइन । सम्बोधनमा नेपालको पनि थिएन । त्यो सबै श्री ५ को सरकारको एकलौटी थियो । वंशीय एकलौटी । पञ्चहरू त्यही घेराको इर्दगिर्द ‘झुम् बराबर झुम् सराबी’ हुन्थे । त्यही वरिपरि सत्ताको मद थियो, मात्सर्य थियो र चकाचौँध हुन्थ्यो । जनतालाई बाहिर राख्ने त्यो पर्खालको घेराभित्रको आशीर्वादमा सत्ताको मद, मात्सर्य प्राप्त हुन्थे । त्यतिबेला जनताको कुरा के गर्नु ?

अहिलेको बजेटको सन्देश पनि त्यस्तै देखियो । प्रकृति पनि त्यही । प्रवृत्ति पनि त्यही । चारजना शीर्ष पदाधिकारीको जिल्लामा भौतिक निर्माणसम्बन्धी ५१ प्रतिशत रकम पढाइने ? बाँकी ७३ जिल्लालाई ४९ प्रतिशत बाँड्ने ? यो कस्तो बजेट हो ?  बजेटको धोक्रो आफैतिर तान्ने भाग्यमानीमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, स्वयं अर्थमन्त्री र अर्का भौतिक निर्माण मन्त्री रहेछन् ।

यस्तो बजेटलाई नीतिगत भ्रष्टाचार भन्न मिल्छ कि मिल्दैन ? विज्ञले जवाफ देलान् । तर, यिनीहरु राष्ट्रिय नेता हैनन् भन्ने प्रमाणित चाहिँ भयो । सबै जिल्ला,  त्यसमाथि पिछडिएका जिल्लाको भौतिक संरचना निर्माणलाई प्राथमिकता दिनुपर्ने तिनको पदीय दायित्व होइन र ?

नैतिकता त देखिएन नै देशको समग्र भौतिक हिस्साको ५१ प्रतिशत आफ्नै भागमा खन्याउने यी चारजनालाई सार्वजनिक लज्जाबोध पनि भएन ?  सिँगो देशप्रति नै आफ्नो समान दायित्व छ भन्ने बोध यिनीहरुलाई कत्ति पनि भएन, छैन ? यस्तो भ्रष्ट तावेदारी र चाकरीले पञ्चायती प्रवृत्तिलाई पनि ओझेलमा पारेको छ ।

‘...देख्नेलाई लाज’ भनेजस्तो । के देउवा, दाहालसँग छ चित्त बुझ्दो उत्तर छ ? वा बजेटलाई समन्यायिक बनाउने सार्वजनिक अठोट र जनताप्रति इमान व्यक्त हुनसक्छ यिनीहरुबाट ? कमसे कम नेपाली कांग्रेसका सभापति देउवाले त यस्तो प्रवृत्तिलाई उत्साहित नगर्नु पर्थ्यो नि । उनी संसद्को सबैभन्दा ठूलो दलको नेता र अर्थमन्त्री उनकै टोकरीका पात्र थिए त !

विद्युतीय गाडीमा गरिने करको दर बाहिरिएपछि एघार सय गाडी रातारात भित्रिए भन्ने सार्वजनिक समाचार र संसद्मासमेत व्यक्त  तथ्यलाई सरकारी पक्षले सही जबाफ दिन वा खण्डन गर्न सकेको छैन । किन यस्तो असमर्थता ?  यसको जबाफ प्रधानमन्त्री कि अर्थमन्त्रीले वा मन्त्रिपरिषद्ले दिने ? कुरा साना विद्युतीय गाडीको भन्सार शुल्क बढ्ने र ठूलाको घट्ने हो । भयो यस्तै ।

केही उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको छ । यसअघि आलु, प्याजजस्ता खाद्य सामग्री वस्तु भ्याट मुक्त थिए । । अन्तर्राष्ट्रिय वित्तवेत्ता भन्छन् – विश्व बजारमा अति कम jस्तुमा मात्र भ्याट छुट हुन्छ । एकाध दर्जन वस्तुलाई मात्र भ्याट छुट दिइन्छ । नेपालमा एक सयभन्दा बढी खाद्य वा सेवा क्षेत्रका वस्तुलाई भ्याट मुक्त सूचीमा राखिएको छ । ओ आफैँमा गलत हो ।  ।

यही भनाइ अनुसार भ्याट लाग्यो रे ! लगाइयो । यो कुरा त बुझियो । तर, भ्याट लगाएसँगै बढ्ने भाउ, यही निहुँमा व्यापारीले बढाउने बजार भाउ र बजारको अराजकता नियन्त्रणमा राख्ने कसले ?  भ्याट असुल्नुसँगै यस्तो दायित्व समेत सरकारको हो कि होइन ? सरकार तहबिलदारमात्र हो कि जनपक्षीय दायित्व निर्वाह गर्ने नागरिक संस्था पनि हो ?  उपभोक्ताको ढाड भाँच्ने मर्का बुझ्ने कसले ? नेपाली उत्पादनलाई उत्साह र बजार व्यवस्थापन गर्ने कसले ? 

अर्को टिप्पणी भएको विषय हो नीति निर्मातालाई वडा अध्यक्षले गर्नसक्ने, मिल्ने वा गर्नुपर्ने कामको लागि दाममाम वितरण - अर्थात्, स्थानीय तहको जिम्मेवारीमा सांसद्हरूको आर्थिक हस्तक्षेप । बजेटमार्फत तिनलाई पाँच पाँच करोड दिने प्रस्ताव गरिएको छ । संसदीय विकास कोषको नाममा दिइने यो रकम सत्ताको लागि सांसद्को समर्थन जोगाइराख्न, बनाइराख्नका लागि हो भनिन्छ । एक अर्थमा सांसद्को खरिद ।

एकातिर खर्च कटौतीको नाममा कर्मचारीले खाइपाइ आएको अरिरिक्त भत्ता खारेज गर्नु र अर्कोतर्फ सांसद्हरुलाई अनपेक्षित रकम बाड्नु ?  यो कस्तो अन्तर्विरोध हो बजेटको ?

अब, कुन वर्ग, व्यवसाय र पेसामा संलग्न महारथीले यस बजेटलाई सामयिक, सन्तुलित र आर्थिक परिस्थिति अनुकूल  भनेको छ ?  सोचौँ त । हो,  बजेट शतप्रतिशत अनालोच्य हुँदैन । आलोचनाको छिद्र सबैमा भेटिने नै हुन् । तर, यतिधेरै आलोचना र सामाजिक तिरस्कारको दस्ताबेजमा दर्ज अर्को कुन बजेट थियो, वा छ नेपाली अर्थ इतिहासमा ? स्वतन्त्र समीक्षक वा बजेट वेत्तासँग राखिएको जिज्ञासा हो यो ।

सत्ता पक्षकै सांसद्हरू र ती सम्बद्ध दलले बजेट केन्द्रित अन्याय सहन सकेनन् । संसद्मा, सडकमा र सार्वजनिक मञ्चमा सुनिने गरी ती बोले बजेटविरुद्ध । यी सांसद्मात्रै किन अन्ततः आन्तरिक र वाह्य लगानीकर्ता पनि उत्साहित भेटिएनन् । निजी क्षेत्र पनि सन्तुष्ट सुनिएन । किन ?

यसपटक सत्तापक्षकै केही सांसद्ले बजेटको अव्यवस्थाप्रति विवेक बोले । स्वतन्त्र बोले । चारैतिर गुञ्जिएको यही, यस्तै आबाजले घोषित बजेटलाई ‘लम्फु’ भन्नेमा दर्ज गरायो । प्रतिपक्ष त्यो पनि नेकपा (एमाले)जस्तो ‘गोयबस्ल्य’ प्रतिपक्षको आलोचना अनौठो होइन । एमाले अफ्ना सबै वैध, अवैध र अनियमित कर्म, कुकर्मलाई वैधताको जामा पहिर्‍याएर हुँकार गर्न सिपालु छ । उसको शैली, हैसियत, परम्परा, संस्कार र हाँकोडाँको यस्तै रह्यो ।

किन्तु सत्ता पक्षीय सांसद्, तिनका दल र आर्थिक क्षेत्रका पेसा, व्यवसायी वा वित्तवेत्ताको आलोचनाको अर्थ छ । सन्देश छ । दलको ह्विपमा बजेट पारित होला,  हुन्छ नै । भित्रभित्रै मिलाउने बैठक भएकै छन् । सांसद् जो सत्ता पक्षका थिए, तिनले बोलेको स्वतन्त्र विवेकको सन्देश जताततै पुगेको छ । स्वतन्त्र चेत र दलीय तानाशाहीको मूल्यांकन समाजले गर्ने नै छ । साधुवाद जननिर्वाचित ती विवेकी सांसद्लाई जसले स्वतन्त्र बोल्ने अभ्यास गरे । आलोचनात्मक चेत उघारे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro