विदेश
काठमाडौं । भर्जिनियाको रिचमन्डमा एक हाइस्कूलको दीक्षान्त समारोहमा गोली चल्दा दुईजनाको मृत्यु भएको छ । पाँच घाइते भएका छन् ।
एट्रिया थिएटर बाहिर गोलीबारी हुँदा ग्रेजुएसन गाउन लगाएका विद्यार्थीहरूको भागदौड मच्चिएको थियो ।
त्यसपछि, मंगलबारको लागि निर्धारित अर्को समारोह स्थगित गरिएको र बुधबार सबै कक्षाहरू बन्द गरिएको बताइएको छ ।
मारिनेहरूमा ग्रेजुएट भएका १८ वर्षीय व्यक्ति र उनका ३६ वर्षीय बुवा रहेका प्रहरीले जनाएको छ ।
अन्तरिम रिचमन्ड प्रहरी प्रमुख रिक एडवर्ड्सले १९ वर्षीय संदिग्धलाई हिरासतमा लिइएको बताएका छन् । उनले कम्तीमा एकजना पीडितलाई चिनेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० १२:१४
प्रतिक्रिया दिनुहोस्