site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड, ओली, राजेश बज्राचार्य, आरजु राणादेखि मञ्जुसम्मलाई पक्राउ आदेश माग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुले पोलेका व्यक्तिहरुलाई पक्राउ आदेश जारी गर्न अधिवक्ताहरुले माग गरेका छन् । जाहेरवालाका तर्फबाट प्रस्तुत भएका कानुन व्यवसायीहरुले यसअघि नाम पोलेका व्यक्तिहरुलाई पक्राउ आदेश जारी गर्न माग गरेका हुन् ।

अधिवक्ता हरिप्रसाद खरेलले अभियुक्तहरुले पोलेका व्यक्तिलाई इजलासबाटै अनुसन्धान गर्न आदेशको माग गर्दै बहस गरे ।

अधिवक्ता खरेलले विभिन्न अभियुक्तहरुले अनुसन्धान अधिकृतसमक्ष प्रधानमन्त्री प्रचण्ड, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, उनका स्वकीय सचिव राजेश बज्राचार्य, अजय क्रान्ति शाक्यसहितका व्यक्तिहरुलाई पक्राउ गर्न इजलासले आदेश दिन सक्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, आरजु राणा, नैनकला थापा, मञ्जु खाँणलाईसमेत पक्राउ गर्न आदेश दिन सक्ने बताए ।

खरेलले भुटानी शरणार्थी प्रकरणको थुनछेक बहसको तेस्रो दिन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासलाई कानुनबमोजिम उक्त आदेश गर्न माग गरेका हुन् ।

Global Ime bank

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी रकम असुली गरेको भन्दै ठगीसहित किर्ते, राष्ट्रिय हितविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा सजाय माग गर्दै मुद्दा दायर भएको छ ।

अधिवक्ता खरेलले तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तहरुलाई थुनामा राखी पूर्पक्ष गर्न माग गर्दै बहस गरेका थिए ।

बहसको क्रममा उनले जिल्ला अदालत काठमाडौंबाटै अर्को एक ठगी मुद्दाको (मुद्दा नं ०७८– सी१–००२३) इजलासलाई जानकारी दिँदै अभियुक्तहरुले पोलेका व्यक्तिलाई समेत पक्राउ र अनुसन्धान गर्न गराउन आदेश जारी गर्न माग गरेका थिए ।

“श्रीमान्, मुद्दा नम्बर ०७८–सी१–००२३ ठगी मुद्दामा अभियुक्तहरुले पोलेका व्यक्तिलाई इजलासबाट पक्राउ गर्न र अनुसन्धान गर्न आदेश भएको छ । यही आधारमा अभियुक्तमध्येका भुटानी शरणार्थीका नेता टेकनाथ रिजालले पोलेका तथा उच्च ओहोदामा रहेका व्यक्तिहरुलाई समेत पक्राउ गर्नु पर्दछ,” उनले दाबी गरे ।

उनले त्यतिमात्र नभएर टेकनाथ रिजालको बयानका आधारमा हाल बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतलाई भेट्न प्रयास गरेको तर उनले समय नमिल्ने भनी भेट्न नपाएको बताएको बयानलाई आधार मानी प्रचण्ड समेतलाई पक्राउको आदेश जारी हुनुपर्ने बताए ।

अधिवक्ता खरेलको उक्त बहसपछि न्यायाधीशले उनले उल्लेख गरेको मुद्दा नम्बर दोहो¥याएर माग गरे र सो विषयभन्दा पनि अहिले थुनछेक प्रयोजनको बहसमा केन्द्रित हुन भनेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC