site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ओडिशा रेल दुर्घटना : जब मुर्दाघरमा बुबाले छोरालाई जीवित भेटे...
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको ओडिशामा भएको कोरोमण्डल एक्सप्रेस रेल दुर्घटनामा एक व्यक्तिले आफ्ना छोरालाई मुर्दाघरमा जिवितै फेला पारेका छन् ।

आफ्नो छोराको मृत्यु भएको विश्वास नलागेर कोलकाताबाट २३० किलोमिटर यात्रा गरी एम्बुलेन्समा ओडिशाको बालासोर पुगेका व्यक्तिले आफ्नो छोरा जिवितै फेला पारेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हेलाराम मलिकले आफ्ना २४ वर्षका छोरा विश्वजित मलिकलाई बहनगा हाईस्कुलमा रहेको अस्थायी शव स्थलमा गम्भीर घाइते भएर चरम दुखाईको अवस्थामा रहेको स्थितिमा फेला पारेका हुन् । त्यसपछि उनले आफ्ना छोरालाई अस्पताल लगेर पुनर्जीवित गरी थप उपचारका लागि कोलकाता लगे ।

आइतबार एसएसकेएम अस्पतालको ट्रमा केयर युनिटमा शल्यक्रिया गरेका विश्वजितको हिजो अर्को चरणको शल्यक्रिया गरिएको बताइएको ।

Global Ime bank

गम्भीर घाइते भएपनि अहिले उनको अवस्था स्थिर रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

उद्धार कार्यमा चिकित्सक भन्दा अन्य व्यक्ति भएकाले अचेत भएका र कुनै प्रतिक्रिया दिन नसक्ने अवस्थामा रहेका व्यक्तिहरूलाई मरेको ठानेको हुनसक्ने भन्दै यो घटनामाथि टिप्पणी गरिएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC