site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
एक हजार वर्ष नाघ्यो फ्रान्सको 'मोन्ट सेन्ट मिशेल एबे'
Sarbottam CementSarbottam Cement

काठमाडौं । फ्रान्सको मोन्ट सेन्ट मिशेल एबे (एक प्रकारको मठ)को निमार्णका लागि पहिलो ढुङ्गा राखिएको एक हजार वर्ष नाघेको छ । युनेस्को विश्व सम्पदा सूची र प्रमुख नर्मन्डी पर्यटन क्षेत्रमा नोभेम्बरसम्म प्रदर्शनी, नृत्य कार्यक्रम र कन्सर्ट मनाइँदै छ । फ्रान्सेली राष्ट्रपतिले एबेको भ्रमण समेत गरेका छन् ।

राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार त्यहाँ पुगेर भाषण गरेका छन् । जसमा उनले फ्रान्सेलीहरूलाई जलवायु परिवर्तन जस्ता विश्वव्यापी र अस्तित्वका चुनौतीहरूमा अगाडि बढ्न आह्वान गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले अबेसँग फ्रान्सेली नागरिकको लचकता र प्रतिरोधको भावनालाई तुलना गरेका छन् । उनले पेन्सनको समयावधि बढाएको विरोधमा प्रदर्शन आयोजना गरिएको एक दिनअघि त्यहाँको भ्रमण गरेका हुन् ।

सन् १९८३ मा तत्कालीन राष्ट्रपति फ्रान्कोइस मिटर्रान्डले यहाँबाटै राजनीतिक सन्देश दिएका थिए भने सन् २००७ मा पूर्वराष्ट्रपति निकोलस सार्कोजीले यहाँबाटै आफ्नो राष्ट्रपतीय अभियान सुरु गरेका थिए ।

Global Ime bank

फ्रान्सले विगत १५ वर्षमा मोन्ट सेन्ट मिशेलका भवन पुनर्निमार्ण गर्न करिब तीन करोड ४० लाख अमेरिकी डलरभन्दा बढी खर्च गरेको छ । पेरिसबाहिर सबैभन्दा लोकप्रिय फ्रान्सेली गन्तव्य मध्येको एक मोन्ट सेन्ट मिशेल टापुमा गत वर्ष २८ लाख पर्यटक पुगेका थिए ।

यो एबेको स्थापना आठौँ शताब्दीमा अव्रान्चेसका विशप सेन्ट औबर्टले गरेका थिए । यो एबे सेल्ट्स र भाइकिंग्सले नै पवित्र स्थल मानेको ठाउँमा बनाइएको हो ।

शताब्दीयौँदेखि महत्त्व बढ्दै गएको मोन्ट सेन्ट मिशेल १२औँ शताब्दीमा इसाईहरुको सबैभन्दा महत्त्वपूर्ण तीर्थस्थलहरूमध्ये एक थियो । गोथिक शैलीमा बनाइएको एबे मध्ययुगीन वास्तुकलाको उत्कृष्ट कृतिका रुपमा समेत हेरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC