site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ध्वनिको गतिभन्दा १५ गुणा शक्तिशाली हाइपरसोनिक मिसाइल बनाएको इरानको दाबी
Sarbottam CementSarbottam Cement

काठमाडौं । इरानले ध्वनिभन्दा १५ गुणा तीव्र गतिमा जान सक्ने हाइपरसोनिक मिसाइल बनाएको दाबी गरेको छ । तेहरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकासँग तनाव बढ्दै गएका बेला इरानले यस्तो घोषणा गरेको हो ।

इरानको सरकारी टेलिभिजनले फत्ताह अथवा फारसी भाषामा विजेता नाम दिएको यो मिसाइलको दायरा एक हजार ४०० किलोमिटर भएको बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै यो मिसाइल कुनै पनि क्षेत्रीय मिसाइल प्रतिरक्षा प्रणालीबाट जोगिँदै पार हुनसक्ने समेत दाबी गरिएको छ । दाबीलाई समर्थन गर्ने कुनै प्रमाण भने सार्वजनिक गरिएको छैन ।

इरानको कट्टरपन्थी अर्धसैनिक संगठन रिभोलुसनरी गार्डले राष्ट्रपति इब्राहिम रायसीको उपस्थितिमा मिसाइल सार्वजनिक गरेको बताइएको छ ।

Global Ime bank

रिभोलुसनरी गार्डसँग यसअघि नै पनि ब्यालिस्टिक मिसाइलहरू रहेका छन् ।

गत नोभेम्बरमा रिभोलुसनरी गार्ड्सका जनरल अमिर अली हाजिजादेहले इरानले हाइपरसोनिक मिसाइल बनाएको दाबी गरेका थिए । तर, त्यतिबेला पनि उनले कुनै प्रमाण भने सार्वजनिक गरेका थिएनन् ।

हाइपरसोनिक हतियारहरू ध्वनीको गतिभन्दा पाँच गुणा बढी तीव्र गतिमा जान सक्छन् ।  ध्वनिको गति प्रतिसेकेण्ड ३४३ मिटर हुन्छ ।
यिनीहरूको उच्च गति र सटिक दिशापरिवर्तन गर्नसक्ने क्षमता क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि चुनौती बन्छ । रुस, चीन र अमेरिकाले विभिन्न क्षमताका हाइपरसोनिक क्षेप्यास्त्रको विकास गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC