site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भिरबाट लडेर आमा–छोराको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु भएको छ । जिल्लाको धादिङ बेनिघाट रोराङ गाउँपालिका २ मासखर्क (जाउलखर्क ) निवासी १९ वर्षीय अप्सरा चेपाङको साेमबार साँझ साढे ५ बजे घाँस काट्न जाँदा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  

उनीसँगै गएका दुई वर्षका छोरा राजन चेपाङको पनि भिरबाट लडेर मृत्यु भएको छ । कात्तिके चुली जंगलकाे भिरबाट छोरा लडेपछि उनको उद्धारका लागि गएकी अप्सराको पनि मृत्यु भएको हो । अप्सरा गर्भवती थिइन् । 

करिब ५० मिटर आग्लो भिरबाट लडेकी उनलाई मलेखुस्थित टिचिङ हस्पिटल लगिएको थियो । अस्पताल पुर्याउन बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । “राजनको घटनास्थलमै मृत्यु भएको थियो । आमाको भने राति ९ बजे मृत्यु भएको हो,” जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता सन्तुलालप्रसाद जैशवारले भने ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC