
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा नयाँ आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट सार्वजनिक गरेका छन् । बजेटमा स्टार्टअपलाई प्रोत्साहनका लागि दुई अर्ब बढी विनियोजन गरिएको छ ।
बजेटमा साना किसान, घरेलु तथा साना उद्यमी र स्टार्टअप व्यवसायीलाई सहज वित्तीय पहुँच पुर्याइने भनिएको छ । यसका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने बजेमा समेटिएको छ ।
यस्तै, मुलुकमा नवप्रवर्तन र उद्यमशीलता प्रबर्द्धन गर्न स्टार्टअप इको सिस्टम विकास गरिने विषय पनि बजेटमा समेटिएको छ ।
"उद्यमशील सोच र संस्कृतिको विकास एवं उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न काठमाडौंमा इन्क्युवेसन सेन्ट र सञ्चालन गरिने छ," बजेटमा वक्तव्यमा उल्लेख छ, "भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फन्डलाई स्टार्टअप व्यवसायमा लगानी गर्न प्रोत्साहित गरिने छ । विदेशी लगानी कम्पनीहरूमार्फत प्रवाह हुने वैदेशिक लगानीलाई प्रोत्साहन गरी नवप्रवर्तन र उद्यमशीलता विकासमा परिचालन गरिने छ ।"
यी कुराहरूलाई समेट्दै स्टार्टअपलाई प्रोत्साहन गर्न एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, कृषि एवं पशुजन्य व्यवसायमा युवा जनशक्तिलाई आकर्षित उद्यमशीलता विकास गर्न स्थानीय तहसँगको सहकार्यमा युवा स्टार्टअप अनुदान कार्यक्रम सञ्चालन गरिने बिषय पनि बजेटमा समेटिएको छ ।
यसका लागि एक अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ । यी कुराहरू समेट्दै बजेटमा पाँच ठाउँमा स्टार्टअप शब्द उल्लेख छ ।
बजेटमा १० ठाउँमा नवप्रवर्तन शब्द समेटिएको छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको अर्थमन्त्री शर्माले बताएका छन् ।
कोष सञ्चालन गर्न आवश्यक कानुन तर्जुमा गरिने छ ।प्रदेश र स्थानीय तहलाई यस कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिनेछ । नवप्रवर्तन, आविष्कार र अनुसन्धानसम्बन्धी कार्यमा समन्वय एवं सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छुट्टै इकाइ स्थापना गरिने समेत बजेटमा उल्लेख छ ।
यस्तै, बजेटमा ४ ठाउँमा आविष्कार शब्द र १३ ठाउँमा अनुसन्धाान शब्द समेटिएको छ ।
उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउन त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सेडा, सेरिड र सिनासलगायतका अनुसन्धान र विकास संस्थाहरूको क्षमता विकासका लागि बजेट छुट्याएको अर्थमन्त्री महतले बताए ।