site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खेलकुदमा छैन नयाँ योजना : क्रिकेटलाई प्राथमिकता, ओझेलमा फुटबल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा क्रिकेटले प्राथमिकता पाएको छ भने फुटबल ओझेलमा परेको छ । साथै मन्त्री महतले प्रस्तुत गरेको बजेटमा खेलकुदको कुनै नयाँ योजना समेटिएको छैन । 

बजेटमा त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाका रूपमा विकास गर्ने साथै फ्लड लाइट राख्ने काम सम्पन्न गरिने बताइएको छ । त्यस्तै मुलपानी क्रिकेट रंगशालाको निर्माण कार्य सम्पन्न गरिने बताइएको छ । 

त्यस्तै विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र काठमाडौंको सुवर्णसमशेर क्रिकेट रंगशाला निर्माणकार्य अघि बढाउन आवश्यक बजेटको व्यवस्था गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

माथि उल्लेखित सबै योजना क्रिकेटका हुन् । बजेटमा निर्माणधीन धनगढी, इटहरी, पोखरा र नेपालगञ्ज प्रदेश रंगशाला र कभर्ड हल निर्माण सम्पन्न गर्न बजेट व्यवस्था गरिएको छ । 

बजेटमा १९औँ एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद र दशौँ राष्ट्रिय खेलकुदको तयारीका लागि खेलाडीलाई आवश्यक प्रशिक्षण दिन आवश्यक बजेट छुट्याइएको छ । अन्तर्राष्ट्रि प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीलाई प्रोस्साहन सम्मान गरिनेछ । 

Global Ime bank

एसियाली खेलकुद चीनको ह्वान्जाउमा कात्तिक ५ देखि ११ गतेसम्म हुनेछ । उक्त प्रतियोगितामा नेपालबाट २८ खेलमा २०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने तयारी गरिएको छ । गत जेठ सात गते सम्पन्न राष्ट्रिय खेलकुद परिषद्को बार्ड बैठकले अनुमानित २९ करोड रुपैयाँ माग गर्ने निर्णय गरेको थियो ।

१४औँ दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने तय छ । तथापि यसको मिति तय भइसकेको छैन । त्यस्तै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भने यसै वर्ष कर्णाली प्रदेशमा हुने तय छ । यसको पनि मिति भने तय भइसकेको छैन । 

युवालाई अनुशासित र स्वथ्य बनाउन मार्सल आर्ट खेललाई समुदायस्तरसम्म विस्तार गर्न प्रोत्साहित गरिने जनाइएको छ । त्यस्तै अर्थमन्त्री महतले पेस गरेको बजेटमा नेपाल ओलम्पिक कमिटी, अखिल नेपाल फुटबल संघ, नेपाल क्रिकेट संघलगायतका विभिन्न खेल संघ संस्थाको क्षमता विकास गरी अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न प्रोत्साहित गरिने बताइएको छ । 

त्यस्तै सार्वजनिक निजी साझेदारीमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका साथै ¥याफ्टिङ र क्यानोइङका साथै पाराग्लाइडिङ, रक क्लाइम्बिङ र अल्ट्र म्याराथन लगायतका साहासिक खेल पूर्वाधार निर्माण गरी खेल पर्यटनलाई प्रवर्द्धन गरिने बताइएको छ । 

यस वर्षको बजेटमा खेलकुदको पूर्वाधार निर्माण, व्यवस्थापन र प्रतियोगिता सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहित गरिने बताइएको छ । 

मन्त्री महतले खेलाडीले स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था मिलाएको बताए । उनले युवा तथा साना लगानी कोषको मोडालिटी परिवर्तन गरी युवालाई व्यवासय गर्न सुहलियतपूर्ण कर्जा उपलब्ध गराइने बताएका छन् । मन्त्री महतले २०८०/०८१ लाई युवा उद्यमशिलता प्रवद्धन वर्षका रूपमा मनाइने बताएका छन् । 

“खेलकुदको माध्यमबाट स्वस्थ्य तथा सक्षम र अनुशासित जनशक्ति तयार गरिनेछ । आर्थिक वर्ष २०८०/०८१ लाई युवा उद्यमशिलता प्रवर्द्धन वर्षका रुपमा मनाइनेछ,” मन्त्री महतले प्रस्तुत गरेको बजेटमा भनिएको छ, “युवा पुस्तालाई उद्यमशिलता विकास, व्यवसाय सञ्चालनमा आकर्षित गरी सीप, पुँजी र प्रविधिमा पहुँच वृद्धि गरिनेछ ।”

युवा जनशक्तिलाई मुलुकको आर्थिक तथा सामाजिक विकासमा परिचालन गरिने बताइएको छ । युवाको क्षमता विकास गरी रोजगारी सिर्जना गरिने, उद्यमशिलता विकास एवम् वित्तिय स्रोत साधनमा पहुच अभिवृद्धि गरी युवालाई राष्ट्रिय उत्पादन प्रणालीमा आवद्ध गरिने मन्त्री महतले बताए ।

राष्ट्रिय युवा परिषद्मार्फत विकास निर्माण तथा समाजसेवा युवा तथा स्वयमसेवक परिचालन गरिने बजेटमा उल्लेख छ । त्यस्तै युवाको क्षेत्रमा कार्यरत संघ सस्थालाई परिचालन गरी आर्थिक, सामाजिक र सांस्कृतिक जागरण अभियान सञ्चालन गरिने मन्त्ती महतले बताएका छन् । उनले स्थानीय स्तरमा खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्न स्थानीय तहलाई सहयोग गरिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC