site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

प्रमुख विपक्षी नेकपा (एमाले) का सांसदहरूले शुकवार प्रतिनिधि सभाको बैठक अवरुद्ध गरे । एमाले अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री रहेका बखत पशुपतिमा सुनको जलहरी राखिँदा भ्रष्टाचार भएको आरोप प्रतिनिधि सभाका एक सदस्यले लगाएको निहुँमा संसद् अवरोध गरिएको थियो ।

पशुपतिमा सुनको जलहरी राख्ने क्रममा अनियमितता भएको शङ्का त उतिबेलै गरिएको थियो । महालेखा परीक्षकले नै अनियमितता भएको औँल्याएपछि जनसाधारणको शङ्का विश्वासमा बदलिएको हो । संसद्मा पनि यसभन्दा पहिले कैयौंपटक जलहरी काण्डको प्रश्न उठ्दै आएको थियो ।

Agni Group

यसपटक भने एमालेको प्रतिक्रिया अपेक्षाकृत अस्वाभाविकरूपमा उग्र रह्यो । सांसदहरूले सदनको बैठक चल्न त दिएनन् नै स्वयं अध्यक्ष ओली नै तीव्र प्रतिवादमा उत्रिए । उनले जलहरीमा भएको अनियमितताको विषयलाई आफ्नाविरुद्ध 'चौतर्फी घेराबन्दी'को रूपमा अर्थ्याए ।  

अध्यक्ष ओली सम्भवतः 'नक्कली भुटानी शरणार्थी काण्ड'मा थालिएको प्रहरी कारबाही र त्यसमा उनका निकट सहयोगी र आफन्तको संलग्नता रहेको प्रचारबाट बढी आक्रोशित भएको हुनुपर्छ । शरणार्थी काण्डमा कारबाहीमा परेकाहरूमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट सहयोगीका साथै ओली निकट एमाले नेता पनि छन् । 

Global Ime bank

एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले शरणार्थी काण्डमा खोज्न थाल्नेबित्तिकै अध्यक्ष ओली र उनका सहयोगीहरूको प्रतिक्रियामा बढी नै छटपटी देखिएको थियो । जनसाधारणले भने त्यसलाई अपराधी उम्काउने नियतबाट प्रेरित ठानेको देखिन्थ्यो । अहिलेको संसद् अवरोध पनि कतै 'पुरानो रिस नयाँ खिस' भएको त होइन ?  

सांसदको अभिव्यक्ति आपत्तिजनक र असंसदीय भए तत्कालै नियमापत्ति गरेर संसद्को अभिलेखबाट हटाउन लगाउनु उचित हुन्छ । मन्त्रीहरूको अभिव्यक्ति असंसदीय भए विरोधमा संसद् केही क्षण अवरोध गर्नु अस्वाभाविक हुँदैन । तर, संसद्मा कुनै सदस्यले बोलेका विषयमा बैठकै अवरुद्ध गर्नु भने संसदीय अभ्यास र मर्यादा प्रतिहुन्छ ।

संसद्को बैठक कुनै नेता विशेषको प्रतिष्ठासँग जोडिनु दुर्भाग्यको विषय हो । एमालेले गरेको संसद् अवरोधले अध्यक्ष ओलीको अहं तुष्टि त होला तर देश र स्वयं एमालेको पनि हितमा भने हुँदैन । यसैगरी संसद् अवरोध गर्दैमा जनताका आँखामा स्वच्छ देखिने पनि होइन । अर्थात्, संसद् अवरुद्ध हुँदा लोकतन्त्र विरोधीबाहेक अरू कसैको पनि हित हुँदैन ।  

एमालेको अवरोध कायम रहे प्रधानमन्त्रीको प्रत्युत्तर वा जेठ १५ गते हुने बजेट भाषणमा समेत बाधा पुग्न सक्थ्यो । यही कारणले आपत्ति गरिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउने र संसद्को बैठक चल्न दिने सहमति दलका नेताहरूले गरेका होलान् । संसदीय अभ्यास र मर्यादामा आँच नपुग्ने हदसम्म संसद्मा विपक्षको आवाज सुन्नु बुद्धिमानी नै हो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC