site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको अडानले संसद् बैठक बस्न सकेन, भोलि ४ बजेका लागि बोलाइयो

काठमाडौं । प्रतिनिधिसभा बैठक शनिबार अपराह्न ४ बजे बस्ने भएको छ । शुक्रबार दोस्रोपटकका लागि बोलाइएको बैठक पनि बस्न नसकेपछि शनिबारका लागि सरेको हो । 

माओवादी सांसदले तत्कालीन एमाले नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरीको सट्टा पित्तलको हालेर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसद् बैठक अवरुद्ध गरेको हो ।

Himalayan Bank
Dabur nepal
Agni Group

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक मध्याह्न साढे १२ बजेतिर मात्र बसेको थियो । तर, एमालेले अवरुद्ध गरेपछि बैठक स्थगित गरेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो । 

एमाले अडान नछाडेपछि ३ बजे पनि बैठक बस्न सकेन । त्यसपछि साँझ ६ बजेका लागि बैठक बोलाइएको थियो । 

Global bank

साँझसम्म पनि सहमति हुन नसकेपछि बैठक भोलिका लागि सारिएको हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय