site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘हल्कारा’ले चिठी लेखेर निमन्त्रणा दियो सिनेमा हेर्न
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कथानक चलचित्र हल्काराको निर्माण पक्षले चिठी लेखेर चलचित्र हेर्न आमन्त्रण गरेको छ । वैशाख २९ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रको २७ गते (बुधबार) प्रिमियर शो आयोजना गरेको छ । उक्त प्रिमियर शोका लागि बोलाइएका पत्रकार, चलचित्रकर्मी तथा शुभचिन्तकलाई ‘हल्कारा’ निर्माण पक्षले चिठी लेखेर निमन्त्रणा दिएको छ । 

‘हल्कारा’मा हल्कारा सिनेमाको मुख्य पात्र हो । जसको काम हुलाका आएका चिठी घरघरमा पुगेर बाँड्नु हो ।  

Agni Group

यस्तो छ चिठीः
प्रिय शुभचिन्तकज्यू, हामी कुशल मंगल नै छौँ । र, तपाईँको पनि कुशल मंगल नै चाहन्छौँ ।

हामीले निकै मिहिनेतका साथ निर्माण गरेको र यही  वैशाख २९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘हल्कारा’को प्रिमियर शो आयोजना गरिएकाले निम्न मिति, स्थान र समयमा यहाँको उपस्थितिको लागि हार्दिक निमन्त्रणा दिन यो पत्र लेखेका छौँ ।
मिति : वि. सं. २०८० वैशाख २७ गते बुधबार 
स्थानः वन सिनेमा, आइप्लेक्स मल, बानेश्वर, काठमाडौँ ।
समयः साँझ ४ः३० बजे (तपाईंको प्रतीक्षा रहनेछ ।)

Global Ime bank

उही तपाईंको
विक्रम सापकोटा, निर्देशक
रामकृष्ण पोखरेल, निर्माता 
साथै ‘हल्कारा’ चलचित्र परिवार

Halkara nimantrana1683616146.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC