site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रतियोगितात्मक गजल महोत्सवमा दीपिन सिजापति प्रथम
Sarbottam CementSarbottam Cement

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दैलेखका गजलकार दीपिन सिजापति प्रथम भएका छन् । 

शनिबार काठमाडौंको आरुबारीमा आयोजित प्रतियोगितामा लमजुङकी गजलकारहरू मुना बोहरा दोस्रो र लमजुङकै प्रज्वल अधिकारी तेस्रो भए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा भिजन गुरागाई, जगतबहादुर खड्का, लक्ष्मण ढकाल, संयोग बस्याल र प्रकाश समीरले सान्त्वना पुरस्कार प्राप्त गरे । पुरस्कृत गजलकारहरूलाई प्रमुख अथितिलगायतले नगद राशिसहित प्रमाण प्रदान गरे । 

नगरपालिकाले प्रथम, द्वितीय र तृतीय हुने गजलकारलाई क्रमशः नगद ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ तथा सान्त्वना हुने पाँच जनालाई जनही २० हजार रुपैयाँ प्रदान गरेको थियो ।  

Global Ime bank

कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाललले यस नगरपालिकालाई साहित्यिक हब बनाउने उद्देश्यका साथ विगत तीन वर्षदेखि साहित्यका विविध प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको बताए । 

कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल, पूर्वमन्त्री रामेश्वर फुयाँल, साहित्यकार विजय चालिसे, गोविन्द्रप्रसाद घिमिरे वेदमणिले बोलेका थिए ।

प्रतियोगिताका लागि देश विदेशबाट गरी ४५६ वटा गजल प्राप्त भएकोमा प्रारम्भिक मूल्यांकनबाट ४१ वटा गजललाई प्रतियोगिताका लागि चयन गरिएको जानकारी नगरपालिकाले जानकारी दिएको छ ।  

प्रतियोगिताका मूल्यांकनकर्तामा गजलकारहरू करुण थापा, प्रभाती किरण र घनेन्द्र ओझा रहेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC