site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इन्टर फियोरेन्टिनासँग पराजित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । इन्टर मिलान इटालियन सिरी ‘ए’मा शनिबार राति घरेलु मैदानमा फियोरेन्टिनासँग १–० ले पराजित भएको छ । लिगमा इन्टरको यो लगातार तेस्रो हार हो ।

पाहुना टोली फियोरेन्टिनाको जितमा गियाकोमो बोनाभेन्टुराले ५३औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । हारसँगै इन्टर शीर्ष क्लब नेपोलीभन्दा २१ अंकले पछि परेको छ । दोस्रो स्थानको लाजियोभन्दा दुई अंकले पछाडि छ । इन्टरले अझै एक खेल बढी खेलेको छ ।

Agni Group

इन्टरले २८ खेलबाट ५० अंक जोडेको छ । समान २७ खेलबाट ७१ अंकको नेपोली र ५२ अंकको लाजियो क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । पराजित फियोरेन्टिना ४० अंकका साथ आठौँ स्थानमा छ ।

गए राति सिरी ‘ए’मा पाँचौँ स्थानको एटलान्टाले पुछारको क्लब क्रेमोनेसलाई ३–१ ले हरायो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC