site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनाको उपाधि होड बलियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । रोबर्ट लेवानडोवस्कीको दुई गोलप्रेरित बार्सिलोनाले शनिबार राति स्पेनिस ला लिगामा इल्चेलाई ४–० ले पराजित गरेको छ । जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा १५ अंकको अग्रता लिएको छ ।

पाहुना टोली बार्सिलोनाले २०औँ मिनेटमा लेवानडोवस्कीको गोलबाट अग्रता लिएको थियो । ५६औँ मिनेटमा अंसु फातिले बार्सिलोनाको अग्रता दोब्बर बनाए । त्यसको १० मिनेट बित्न नपाउँदै लेवानडोवस्कीले व्यक्तिगत दोस्रो गोल थपे । ७०औँ मिनेटमा लेवानडोवस्कीकै पासमा फेरान टोरेसले अर्को गोल थपेपछि बार्सिलोनाले सहज जित दर्ता गर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

जितपछि बार्सिलोनाले २७ खेलबाट ७१ अंक जोडेको छ । दोस्रो स्थानको रियाल मड्रिडको ५६ अंक छ । रियालले एक खेल कम खेलेको छ । साविक विजेता रियालले आज रियाल भालाडोलिडविरुद्ध खेल्नेछ । बार्सिलोना सन् २०१९ पछि पहिलोपटक उपाधिनजिक पुगेको छ ।

ला लिगाका अरू खेलमा गए राति सेभिया काडिजलाई २–० ले हराउँदै १३औँ स्थानमा उक्लिएको छ । काडिज १६औँ स्थानमा झरेको छ ।

Global Ime bank

१४औँ स्थानको गेटाफेले सातौँ स्थानको एथलेटिक बिल्बाओसँग गोलरहित बराबरी खेल्यो ।

नवौँ स्थानको ओसासुनाले १२औँ स्थानको मायोर्काकाविरुद्ध गोलरहित बराबरी खेल्दा जिरोनाले स्पानियोलाई २–१ ले हरायो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC