site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इन्जिनियर व्यवसायी दर्ता हुन पहिलो पटक लाइसेन्स परीक्षा, मन्त्री श्रेष्ठले गरे निरीक्षण
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन सुरू गरेको छ । 

आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा काउन्सिलले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले व्यवसाय गर्नको लागि लाइसेन्स लिन पहिलो पटक परीक्षा लिन सुरू गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

काउन्सिलले लिएको पहिलो परीक्षामा इन्जिनियरिङ उत्तीर्ण गरेर बसेका दुई हजार ६ जना इन्जिनियर सहभागी छन् । 

नेपाल इन्जिनियरिङ काउन्सिलका रजिष्ट्रार तथा सदस्यसचिव शिवमंगल गिरीले उत्तीर्ण भएका इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नको लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा सुरू गरेको बताए । 

Global Ime bank

“पहिलो पटक इन्जिनियरिङका २० वटा विधाको परीक्षा भइरहेको छ । इन्जिनियरको रुपमा काम गर्नको लागि काउन्सिलले लिएको परीक्षामा उत्तीर्ण हुनुपर्छ,” उनले भने । 

विगतमा इन्जिनियरको प्रमाणपत्र पाउनेले पुनः काउन्सिलले लिने परीक्षा दिनु नपर्ने बताए । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले परीक्षाको निरीक्षण गरेका छन् । परीक्षा निरीक्षणपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै उनले इन्जिनियर बन्नको लागि निपक्षता, गुणस्तरियताको ग्यारेण्टी गर्ने विधि प्रयोग भएको भन्दै इन्जिनियर भएर व्यवसाय गर्न परीक्षामा कसैको भनसुन नलाग्नेमा ढुक्क भएको बताए । 

काउन्सिलले विश्व विद्यालयबाट इन्जिनियरिङ उत्तीर्ण प्रमाणपत्रका आधारमा परीक्षा बिना लाइसेन्स दिएर इन्जिनियरको रुपमा काम गरिरहेका थिए । तर अब इन्जिनियरिङसम्बन्धी कुनैपनि व्यवसाय गर्नको लागि काउन्सिलको परीक्षा उत्तीर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागु भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC