site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
नेपाल टेलिकम प्रयोगकर्ताको बजार हिस्सा ५७ प्रतिशत
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार भ्वाइस टेलिफोन सेवामा नेपाल टेलिकमको हिस्सा ५७ प्रतिशत रहेको छ । 

गतवर्षको यसै अवधिमा भने नेपाल टेलिकमको बजार हिस्सा ५४.७ प्रतिशत रहेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रो नम्बरमा रहेको एनसेलको बजार हिस्सा ३६.४३ प्रतिशत रहेको छ । गत वर्षको यसै अवधिमा ३९.९२ प्रतिशत बजार हिस्सा रहेको एनसेलको यो वर्ष घटेको देखिन्छ । 

गत वर्षको यसै अवधिमा ५.६० प्रतिशत बजार आगटेको स्मार्ट सेलले अहिले ६.५७ प्रतिशत पुर्‍याएको छ ।

Global Ime bank

कति छन् प्रयोगकर्ता
पहिलो नम्बरमा रहेको नेपाल दुरसञ्चार कम्पनी अथवा नेपाल टेलिकमका प्रयोगकर्ताको संख्या दुई करोड ९ लाख ८० हजार २३८ रहेको छ । यसमा जीएसएमका प्रयोगकर्ताको संख्या मात्रै एक करोड ९८ लाख ४२ हजार ७३२ रहेको छ । 

यस्तै, दोस्रो नम्बरमा रहेको एनसेलका प्रयोगकर्ताको संख्या एक करोड ३४ लाख ९ हजार ६१ रहेको छ । स्मार्ट सेलका प्रयोगकर्ताको संख्या भने २४ लाख १८ हजार २११ छ । यसमा खरिद भएर पनि सञ्चालनमा भए नभएकादेखि एउटै व्यक्तिसँग दुई वटा सीमकार्डको समेत गणना हुन्छ ।

ब्रोडब्यान्ड सेवा लिने एक वर्षमा ७ प्रतिशतले बढे
नेपालमा वायर्ड ब्रोडब्यान्डको सेवा लिनेको संख्या कुल जनसंख्याको ३७.२३ प्रतिशत पुगेको छ । यसअन्तर्गत सबैभन्दा बढी इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूबाट सेवा लिनेको संख्या ९४ लाख ९ हजार ८८९ रहेको छ ।

गत वर्षको यसै अवधिमा यो संख्या ३०.९२ प्रतिशत थियो । वायरलेस ब्रोडब्यान्डको सेवा लिनेहरूको संख्या ६६ हजार ६४९ अर्थात् कुल जनसंख्याको करिब ०.२३ प्रतिशत रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC