site stats
विदेश
म कसैसँग डराउँदिन, रोकिन्नँ पनि : राहुल गान्धी

काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीले आफू कसैसँग नडराउने बताएका छन् । गान्धीले सामाजिक सञ्जालमार्फत आफू कसैसँग नडराउने बताएका हुन् । 

मानहानि मुद्दामा दुई वर्षको सजाय पाउँदै सांसद पद गुमाएपछि गान्धीले आफूलाई जीवनभरका लागि अयोग्य घोषित गरेर जेल हाले पनि नडराउने भन्दै प्रश्न गर्न नछाड्ने उल्लेख गरे । 

Himalayan Bank
Dabur nepal
Agni Group

यसअघि, बिहीबार सुरत जिल्ला अदालतले गान्धीलाई मानहानीको मुद्दामा दोषी ठहर गरेको थियो । दोषी ठहर भएसँगै कानुनअनुसार उनी सांसद हुन अयोग्य ठहर भएका हुन् ।

Global bank

सन् २०१९ मा एक राजनीतिक सभामा गान्धीले ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । जसकारण उनलाई मानहानीको मुद्दामा दोषी ठहर गरिएको हो ।

भारतीय जनता पार्टीबाट गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले सो अभिव्यक्तिले आफूलगायतको मानहानी भएको भन्दै गान्धीविरुद्ध उजुरी दायर गरेका थिए । उक्त मुद्दामा गान्धीलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय तोकिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय