site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
प्रचण्डसँग बालकृष्ण खाँणको भेट, प्रदेशमा गठबन्धन अनुकूल सरकार विस्तारबारे छलफल
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारीरूपमा सञ्चालन गर्नेलगायतका विषयमा कुराकानी भएको नेता खाँणले जानकारी दिए ।

Dabur nepal
Agni Group

“प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेट भयो । भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारीरूपमा कसरी सञ्चालन गर्ने भन्नेबारेमा कुराकानी भयो,” नेता खाँणले भने, “संघीय सरकार विस्तार भएपछि प्रदेशहरूमा पनि गठबन्धन अनुकूलका सरकार विस्तार गर्नेबारेमा कुराकानी भयो ।”

सो अवसरमा उनीहरूबीच मन्त्रिपरिषद् विस्तार बारेसमेत कुराकानी भएको थियो ।

नेता खाँणले आजै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गरेका छन् । जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा पनि उनीहरूबीच केन्द्र सरकार विस्तार, प्रदेशमा गठबन्धन अनुकूलको सरकार निर्माणलगायतबारे कुराकानी भएको नेता खाँणले बताए ।

गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघिको गठबन्धन सरकारमा गृहमन्त्री रहेका नेता खाँण प्रतिनिधिसभा निर्वाचनपछि पनि लेनदेनमा सम्झौता गरेर भए पनि गठबन्धन टुटाउन नहुने पक्षमा थिए । 

केन्द्र र प्रदेशमा हालको सत्ता गठबन्धन दलको सरकार निर्माणका क्रममा नेता खाँणले प्रधानमन्त्री दाहाल र जसपा अध्यक्ष यादवसँग आज छुट्टाछुट्टै भेट गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  २०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu