site stats
कला
‘धोकेबाज हौ...’ को ‘र्‍याप भर्सन’ आउँदै

काठमाडौं । पछिल्लो समय लोकप्रिय बनेको ‘धोकेबाज हौ...’ बोलको गीतको ‘र्‍याप भर्सन’ पनि आउने भएको छ । सुवास कार्कीले यसको र्‍याप भर्सन रेकर्ड गराइसकेका छन् । 

सुवास कार्की यो गीतका गीतकार तथा संगीतकार हुन् । सुवास र्‍यापर हुन् । “यसको र्‍याप भर्सन रेकर्ड गराइसकेका छौँ । अबको केही दिनमै छायांकन गरेर र्‍याप भर्सन सार्वजनिक गर्ने छौँ,” सुवासले बाह्रखरीसँग भने । 

Himalayan Bank
Agni Group

शिव परियार, एलिना चौहान र सुप्रिम मल्ल ठकुरीले यसको क्रमशः मेल, फिमेल र चाइल्ड भर्सन गाइसकेका छन् । सबैभन्दा पहिला यो गीत फिमेल भर्सनमा आएको थियो । 

पछिल्लो समय आधुनिक गायनमा चलेका गीतको ‘चाइल्ड भर्सन’ र ‘लिजेन्ड्री भर्सन’ पनि ल्याउने क्रम बढ्दो छ । यही गीतको पनि चाइल्ड भर्सन आइसकेको छ । ‘र्‍याप भर्सन’ पनि चाँडै ल्याइँदै छ । 

Global bank

पहिलो लकडाउनमा लेखिएको यो गीत दोस्रो लकडाउनपछि सार्वजनिक गरिएको थियो । र्‍याप गाउँदै आएका सुवासको यो पहिलो आधुनिक गीत हो । 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०५:५३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय