site stats
विदेश
आगामी निर्वाचनबाट रुसले फेरि पुटिनलाई जिताउनेमा विश्वस्त छु : राष्ट्रपति सी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०२४ मा हुने निर्वाचनमा रुसले भ्लादिमिर पुटिनलाई पुन: निर्वाचित गराउनेमा आफू विश्वस्त रहेको बताएका छन् । 

दुई रुस भ्रमणमा रहेका सीले अर्को वर्ष हुने निर्वाचनमा पुटिनले रुसी जनताको साथ पाउनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

Himalayan Bank
Dabur nepal
Agni Group

"तपाईंको बलियो नेतृत्वमा रुसले समृद्धिमा महत्त्वपूर्ण प्रगति गरेको छ," उनले भनेका छन्, "रुसी जनताले तपाईंको प्रयासलाई साथ दिनेमा म विश्वस्त छु ।"

सन् २००० मा राष्ट्रपतिमा निर्वाचित भएदेखि पुटिन सत्तामा छन् ।

Global bank

सीको रुसले युक्रेन आक्रमण गरेपछिको पहिलो मस्को भ्रमण हो । मस्को बसाइमा क्रममा राष्ट्रपति सीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग छलफल गर्नेछन् । 

पुटिनविरुद्ध अन्तरार्ष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले पक्राउ पुर्जी जारी गरेको केही दिनपछि चिनियाँ शीर्ष नेता मस्को पुगेका हुन् । 

बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  २०:५७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय