site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपालमा संघीयता नौलो कुरा होइन, पुनःस्थापित भएको मात्रै हो : अध्यक्ष राउत
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके राउत)ले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विश्वासको मत दिने बताए । 

नेपालमा संघीयता नौलो कुरा नरहेको पनि राउतले बताए । उनले नेपालमा बाइसे, चौबीसे राज्य भनेको संघीयता नै रहेकाले पछिल्लो समय पुनःस्थापित गर्न प्रधानमन्त्रीले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले सरकारसँग आफ्ना केही असन्तुष्टि रहे पनि त्यसलाई मध्यनजर गरेर सरकार अघि बढ्ने विश्वास रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“संघीयता नेपालको सन्दर्भमा कुनै नौलो कुरा होइन । पहिला पनि बाइसे, चौबीसे राज्यहरु नेपालमा थिए । त्यो भनेको संघीयता नै हो । तर, त्यसलाई पुनःस्थापित गर्न प्रधानमन्त्री दाहालले धेरै नै भूमिका खेल्नुभएको छ । यो कुरालाई नकार्न सकिँदैन,” उनले भने, “त्यसैले हामीले उहाँलाई विश्वासको मत दिने निर्णय गरेको छौँ । केही असन्तुष्टिहरु हामीसँग छन्, तर त्यसलाई समाधान गर्न सकिन्छ । सानो कुरामा विश्वासको मत फिर्ता लिनुपर्छ भन्ने छैन ।”

अध्यक्ष राउतले आफ्नो पार्टीले सरकारसँग राखेका मागहरु आगामी दिनमा समेट्दै लैजानुपर्ने बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC