
काठमाडौं । भारतका कांग्रेस नेता राहुल गान्धीको घरमा दिल्ली प्रहरी पुगेका छन् । यौन उत्पीडन पीडितहरूको जानकारी लिनको लागि आइतबार प्रहरी पुगेका हुन् ।
‘भारत जोडो’ यात्राको क्रममा गान्धीले जनवरीमा श्रीनगरमा मिडियालाई सम्बोधन गर्दै देशमा अझै पनि कसरी महिलाहरूमाथि यौन दुर्व्यवहार भइरहेका छन् भन्ने विषयमा बोलेका थिए ।
“जब म हिँडिरहेको थिए, त्यहाँ धेरै महिलाहरू रोइरहेका थिए । तिनीहरूमध्ये केही मलाई देखेर भावुक भए । त्यहाँ रहेका महिलाहरू आफू बलात्कृत भएको बताए, उनीहरूमाथि आफन्त÷चिनेका व्यक्तिहरूले दुर्व्यवहार गरिएको थियो । प्रहरी बोलाउनुपर्छ भनेर मैले सोध्दा उनीहरुले इन्कार गरे ।’ उनले भनेका थिए ।
प्रहरीले यहि अभिव्यक्ति भएको भिडियोहरू सामाजिक सञ्जालमा देखेपछि अनुसन्धान गरी कानुनको दारयरामा ल्याउन चासो देखाउँदै गान्धीलाई पत्राचार गरेका थिए ।
सो घटनालाई सम्बोधन गर्दै कांग्रेसले आफ्नो ट्विटर ह्यान्डलबाट दिल्ली पुलिसको यो कदम मोदी सरकारले गौतम अडानीविरुद्ध कांग्रेसले उठाएको प्रश्नहरुको प्रतिकार रहेको उल्लेख गरेका छन् । दी टाइम्स अफ इण्डिया
