काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले काठमाडौंको नक्सालस्थित नारायणचौर र ललितपुरको बालकुमारीमा दुईवटा सोरुम सञ्चालनमा ल्याएको छ ।
नारायणचौरस्थित रोयल इनफिल्डको सोरुममा आज आयोजित विशेष कार्यक्रममा त्रिवेणी ग्रुपका अध्यक्ष पुरुषोत्तमलाल संघाईले सोरुमको उद्घाटन गरेका हुन् ।
‘वाइकर्स होम’को अवधारणामा निर्माण गरिएको सोरुममा बाइकका साथै राइडिङ गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्टस्हरूसमेत उपलब्ध छ ।
सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन गर्दै आएको विश्वको एक मात्र सबैभन्दा पुरानो ब्रान्ड रोयल इनफिल्डको नेपालस्थित आधिकारिक बिक्रेता अल्फा मोटिभले ‘ग्राहकको सन्तुष्टि नै हाम्रो सन्तुष्टि’ भन्ने मान्यतासहित सेवा दिइरहेको छ ।

कम्पनीले हाल नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरी गरी ६ ठाउँबाट सोरुम सञ्चालन गरी सेवा दिइरहेको छ ।
यस्तै चैत महिनाभित्र अल्फा अटोमोटिभले झापाको विर्तामोड, चितवनको टाँडी, सुर्खेत र भक्तपुरमा गरी थप चार ठाउँमा सोरुम सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
असारमहिनासम्म विराटनगर, राजविराज, जनकपुर, हेटौडा, नारायणगढ, दाङ, नेपालगन्ज र काठमाडौंको त्रिपुरेश्वर गरी थप नौ ठाउँमा सोरुम सञ्चालन गरी देशभर कुल १८ वटा सोरुमबाट बाइक बिक्री गियर एवं जेनविन एसेसरिज, स्पेयर पार्टस्र सर्भिसिङलगायतका सेवा प्रदान गर्ने जनाएको छ ।
अल्फा अटोमोटिभ उत्पदानमुलक उद्योग व्यवसाय, बिमा एवं सर्भिस सेक्टरमा काम गर्ने त्रिवेणी ग्रुप अन्तर्गतको अटोमोटिभ कम्पनी हो ।