देश
घुस रकमसहित अख्तियारको नियन्त्रणमा सबइन्जिनियर

कास्की । पोखरामा एक सबइन्जिनियर १५ हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् ।
पोखरा महानगरपालिका वडा नं. २८ मा कार्यरत प्रविन विकलाई अख्तियारले घुस लिइसकेपछि नियन्त्रणमा लिएको हो ।
विकले बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
सबइन्जिनियर विकलाई अख्तियारले पोखरा १४ चाउथेबाट नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९ २०:५३
प्रतिक्रिया दिनुहोस्