प्रविधि
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ट्विटर अकाउन्ट पुरानै स्वरुपमा फर्किएको छ ।
बुधबार बेलुकादेखि असान्दर्भिक ट्विट रिट्विट भएपछि प्रधानमन्त्रीको ट्विटर ह्याल्डल ह्याक भएको आशंका गरिएको थियो ।
प्रधानमन्त्रीको सचिवालयले ट्विटर ह्यान्डलमा प्रवेश गरी रिट्विट गरेकोप्रति छानबिन भइरहेको र ट्विटर अकाउन्ट सुचारु भएको जानकारी गराएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ १५:५०
प्रतिक्रिया दिनुहोस्