site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किन फेरिएन राष्ट्रपतिका सामाजिक सञ्जाल ‘अकाउन्ट’ ? अन्य देशको प्रचलन के छ ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गरी कार्यभार सम्हालेको दुई दिन नाघिसकेको छ ।  फागुन २५ गते निर्वाचित पौडेलले फागुन २९ गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै कार्यभार सम्हालेका थिए ।

गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ मै सकिएको छ । 

राष्ट्रपति पौडेलले कार्यभार सम्हालेको दुई दिन नाघिसके पनि सामाजिक सञ्जालमा रहेका राष्ट्रपतिको आधिकारिक अकाउन्ट (खाता)हरुमा भने नाम र फोटो परिवर्तन भएको छैन । 

Agni Group

यस विषयमा कतिपयले राष्ट्रपति कार्यालयको कमजोरी भन्दै आलोचनासमेत गरिरहेका छन् । तर, राष्ट्रपतिको पूरानै अकाउन्टमा नाम र तस्बिर परिवर्तन गरेर प्रयोग गर्ने वा पूर्वराष्ट्रपतिको अकाउन्टका ट्विटहरुलाई दस्तावेजका रुपमा अर्काइभ गरेर राख्ने भन्ने विषय छलफलमै रहेको सचिवालय स्रोत बताउँछ ।

अन्य देशहरुमा कस्तो छ अभ्यास ?

Global Ime bank

अमेरिका र भारतलगायतका देशका पूर्वराष्ट्रपतिको सामाजिक सञ्जालका पोस्टहरु भने नयाँ अकाउन्ट बनाएर अर्काइभ गरेर राखिएका छन् । 

राष्ट्रपतिको आधिकारीक ट्विटर अकाउन्ट नयाँ राष्ट्रपतिले प्रयोग गरेका छन् । 

तर, पूर्वराष्ट्रपतिले गरेका ट्विटहरु र राष्ट्रपतिको आधिकारिक ह्यान्डललाई फलो गरेका सबै फ्लोअरहरु समेट्दै नयाँ अकाउन्ट बनाएर ती ट्विटहरु उक्त नयाँ अकाउन्टमा अर्काइभ गरिएको छ ।

सन् २०१२ देखि २०१७ सम्म कार्यभार सम्हालेका भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीले आफ्नो कार्यकालमा भारतीय राष्ट्रपति कार्यालयको आधिकारीक ट्विटर अकाउन्ट चलाएका थिए । 

mukharjee1678882500.JPG

उनको कार्यकाल सकिएसँगै उनले गरेका ट्विटहरु भारतका तेह्रौं राष्ट्रपति भनेर संकेत गर्ने पीओआई १३ट्विटर युजरनेमसहितको राष्ट्रपति मुखर्जी ट्विटर अकाउन्टमा उनले आफ्नो कार्यकालमा गरेका सबै ट्विट सुरक्षित साथ राखिएका छन् । 

उक्त ट्विटर अकाउन्ट मुनि अर्काइभ अकाउन्ट भएको कुरा पनि लेखिएको छ ।

यस्तै पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा र डोनाल्ड ट्रम्पले पनि आफ्नो कार्यकालमा गरेका ट्विटहरु पनि ४४औं अमेरिकी राष्ट्रपति र ४५औं अमेरिकी राष्ट्रपतिको संकेत गर्ने पोटस४४ र पोटस४५ युजरनेम रहेको ट्विटर अकाउन्टमा अर्काइभ गरेर राखिएको छ ।

obama1678882500.JPG

trump1678882501.JPG

ट्विटर मात्रै हैन पूर्वअमेरिकी राष्ट्रपतिका फेसबुक अकाउन्टमा गरिएका पोस्टहरु पनि यसरी नै अर्काइभ गरेर राखिएको छ ।

नेपालमा अन्योल

नेपालमा भने राष्ट्रपतिको ट्विटहरु अर्काइभ गर्ने नगर्ने विषय अस्पष्ट देखिन्छ । राष्ट्रपति कार्यालयका सहसचिव एवं प्रवक्ता सागर आचार्यले राष्ट्रपति कार्यालयले यस बिषयमा छलफल गरिरहेको बताए । 

भारत, अमेरिकालगायतका देशमा जसरी पूर्वराष्ट्रपतिका ट्विटहरु अर्काइभ गरी राख्ने सन्दर्भमा बाह्रखरीसँग बोल्दै उनले भने, “हाम्रो चाहिँ त्यो अभ्यास छैन जस्तो लाग्छ मलाई, सचिवालय बस्छ त्यहाँ कुरा उठ्छ र राष्ट्रपति कार्यालयले निर्णय गर्छ ।”

राष्ट्रपति कार्यालयका एक अधिकारीले यस्ता विषयहरुमा अझै पनि उल्झन नै भएका कारण नीति, थिति बस्न आवश्यक रहेको बताए ।

ट्विटरसँग सहकार्य आवश्यक

तर, यसरी राष्ट्रपतिको आधिकारीक ट्विटर अकाउन्टबाट अर्काइभका लागि बनाइने नयाँ अकाउन्टमा सबै ट्विट र फ्लोअरहरु एकैपटक सार्न ट्विटरसँग सहकार्य आवश्यक पर्ने एक अधिकारी बताउँछन् ।

यो प्रक्रियाबाट ट्विटहरु अर्काइभ गरिएको बिषयलाई प्रविधिको फड्को भन्दै ट्विटरले २०१७ मै ब्लगपोस्ट मार्फत जानकारी दिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC