site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
लघुवित्त र मिटरब्याजीपीडितले गरे प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । लघुवित्त र मिटरब्याजीपीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

मंगलबार लघुवित्त वित्तीय संस्थाहरूको विरोधमा माइतीघरमा भेला भएर पीडितले विरोध प्रदर्शन गरेका हुन् । विभिन्न जिल्लाबाट काठमाडौं आएका उनीहरूले संयुक्त विरोध प्रदर्शन गरे ।

लघुवित्त र मिटरब्याजीहरूले ऋण मिनाह गर्नुपर्ने, किसानलाई बिनाधितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन् ।लघुवित्तीय संस्थाले कर्जा प्रवाह गर्दा २/३ पटक पुनःकर्जा प्रवाह गर्दा असुल गरेको रकम तुरुन्त फिर्ता गर्नुपर्ने, सम्पूर्ण ऋणिहरू बाहेकका विभिन्न नाममा गरिएको वचतकर्ताको रकम हिसाब गरी फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आन्दोलनमा सहभागीहरूले समाजवादी अर्थतन्त्रको विकास गर, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर लगायतका प्लेकार्ड बोकेर आन्दोलन गरेका थिए ।
 

तस्बिरहरू : हरिशजंग क्षेत्री

Global Ime bank

aandolan71678790218.jpg

aandolan41678790211.jpg

aandolan21678790208.jpg

aandolan81678790219.jpg

aandolan31678790211.jpg

aandolan61678790215.jpg

aandolan51678790215.jpg

 

 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १६:२३
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्