site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनको शेनझोउ–१५ का अन्तरिक्षयात्री जुनमा फर्कने
तस्बिर : सिन्ह्वा ।
Ghorahi CementGhorahi Cement

बेइजिङ । चीनको शेनझोउ–१५ का चालकदल आउँदो जुन महिनामा पृथ्वीमा फर्कने चिनियाँ मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए)ले जनाएको छ ।

अन्तरिक्ष केन्द्रको संयोजनले निरन्तर काम गरिरहेको र शेन्झोउ–१५ अन्तरिक्षयात्री जुनमा फर्कने सीएमएसएले सोमबार जनाएको हो । सबै अन्तरिक्षयात्री राम्रो अवस्थामा रहेको केन्द्रले जनाएको छ ।

Agni Group

चीनले यस वर्ष अन्तरिक्ष स्टेसन अनुप्रयोग र विकासका लागि तीन अन्तरिक्षयान प्रक्षेपण गर्ने । जसमा कार्गो क्राफ्ट तियानझोउ–६ र चालक दलयुक्त अन्तरिक्षयान शेन्झोउ–१६ र शेन्झोउ–१७ समावेश छन् ।

तियानझोउ–६ लाई दक्षिणी प्रान्त हाइनानको वेनचाङ अन्तरिक्षयान प्रक्षेपणस्थलमा लगिएको छ र मे महिनामा प्रक्षेपण गरिने बताइएको छ । दुई मानवयुक्त अभियानका लागि चालकदलका सदस्यहरू छानिएका छन् र अहिले प्रशिक्षण लिइरहेका छन् ।

Global Ime bank

शान्तिपूर्ण प्रयोग, समानता, पारस्परिक लाभ र साझा विकासको सिद्धान्तको पालना गर्दै चीन आफ्नो अन्तरिक्ष स्टेसनलाई वैज्ञानिक र प्राविधिक सहयोग र अन्तर्राष्ट्रिय समुदायका लागि आदानप्रदानका लागि खुलामञ्च बनाउन प्रतिबद्ध छ ।

सीएमएसए र बाह्य अन्तरिक्ष मामिलाका लागि संयुक्त राष्ट्रसंघीय कार्यालयद्वारा संयुक्त रूपमा छानिएका प्रयोगात्मक परियोजनाहरूको पहिलो ब्याच यस वर्ष अन्तरिक्ष स्टेसनमा सञ्चालन हुने कार्यक्रम छ ।

सीएमएसएका अनुसार चीनले आफ्नो मानवयुक्त चन्द्र अन्वेषणका लागि प्रमुख प्रविधिहरूमा सफलता हासिल गरेको छ र मानवयुक्त चन्द्र अन्वेषण योजनामा बहस पूरा गरेको छ । यसले यसै वर्ष चन्द्रमामा अवतरण परियोजनाका लागि अनुसन्धान र विकास कार्य सुरु गर्नेछ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC