site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’को वर्चश्व 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ओस्कर अवार्डको ९५ औं संस्करणमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट चलचित्र घोषणा भएको छ । ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री, उत्कृष्ट सम्पादन र  ओरिजिनल स्क्रिनप्लेसहित सात विधाको अवार्ड जितेको छ । 

यही चलचित्रबाट मिसेल योहले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन् । उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड पनि यही चलचित्रबाटै के ह्ये क्वान र जेमी ली कर्टिसले जितेका छन् । ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’बाटै डानिएल क्वान र डानिएल साइनर्टले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म भएको छ । उत्कृष्ट सिनेम्याटोग्राफी, बेस्ट ओरिजिनल स्कोर अवार्ड र उत्कृष्ट प्रोडक्सन डिजाइनको अवार्ड पनि यही चलचित्रले जितेको छ । 

एनिमेटेड फिचर फिल्मतर्फ ‘गुईलेर्मो डेल ट्रोज पिनोकियो’ले, डकुमेन्ट्री फिचरतर्फको अवार्ड ‘नाभल्नी’ र डकुमेन्ट्री सर्टको अवार्ड ‘द एलिफेन्ट विस्परर्स’ले पाएको छ ।

Global Ime bank

‘द ह्वेल’बाट ब्रेन्डन फ्रेसरले उत्कृष्ट अभिनेताको अवार्ड जित्दा यही चलचित्रले हेयर एन्ड मेकअप स्टाइलिङको अवार्ड पनि हात पारेको छ । 

सर्ट फिल्म (एनिमेटेड)को अवार्ड ‘द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स’ र सर्ट फिल्म (लाइभ एक्सन)को अवार्ड एन आइरिस गुडबाई’ले पाएको छ ।

तेलुगु चलचित्र ‘आरआरआर’को गीत ’नाटु नाटु’ ले ओस्कर अवार्डमा ‘ओरिजिनल सङ’को अर्वाड प्राप्त गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC