site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना न्यून
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउने सम्भावना न्यून बन्दै गएको छ । उनले प्रदेशसभाबाट  विश्वासको मत लिने आज अन्तिम दिन हो ।

गएको पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिने निर्णय गरेपछि बुधबार तोकिएको प्रदेशसभा बैठक स्थगित गरी आजका लागि बोलाइएको हो ।

सो पार्टीका नेताहरूसँग नेकपा (एमाले)का नेताहरू निरन्तर छलफलमा छन् । अहिले नागरिक उन्मुक्तिका सबै प्रदेशसभा सदस्य काठमाडौंमै छन् ।

Global Ime bank

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीलगायत नेताहरूलाई रिहा नगरेसम्म रावललाई विश्वासको मत नदिने नागरिक उन्मुक्तिको अडान छ । रावल मुख्यमन्त्रीमा नियुक्त हुँदा नाउपाले समर्थन गरेको थियो ।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । अहिलेको अवस्थामा कुनै परिवर्तन नआए रावलले विश्वासको मत नपाउने निश्चित छ ।

त्यो अवस्थामा सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, एमालेका १०, नाउपाका सात, नेकपा (एकीकृत समाजवादी)का पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक सांसद छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC