site stats
बाह्रखरी :: Baahrakhari
देश
पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ ।

सभामुख कार्यालय सिंहदरबारमा परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिँदै नेपालको पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न आग्रह गरेको हो ।

परिसंघले नेपालको पर्यटन प्रवद्र्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलका विषयमा पनि सभामुखको ध्यानाकर्षण गराएको छ ।

परिसंघले पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत भएको र नेपालको पर्यटन अथाह सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रुपमा फाइदा लिन नसकेको बताइन् ।

सार्वजनिक तथा निजी क्षेत्रको समेत खर्बौँको लगानी परिसकेको पर्यटन उद्योगबाट राज्यले अपेक्षाकृत रुपमा लाभ हासिल गर्न सक्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि नीतिगत तहमा गम्भीर समीक्षा, छलफल र दिशानिर्देश गर्न संसदीय पर्यटन समिति गठन गर्न आग्रह गरिन् ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १८:१७