site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेविसंघ अध्यक्षले एकलौटी गरेको आरोप, इतर समूहले दियो चेतावनी
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघमा संस्थापन र इतर समूहबीचको स्वार्थगत तिक्तता बढेको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले एकलौटी रूपमा जिल्ला तथा क्याम्पस समिति गठन गरेको भन्दै इतर समूहनिकट विद्यार्थी नेताहरूले विरोध गरेका छन् ।

मंगलबार महाधिवेशन पक्षरधर समूहका नाममा विज्ञप्ति जारी गर्दै उनीहरूले उक्त निर्णयहरू बदर गरेर विधिवत् अधिवेशनको वातावरण बनाउन माग गरेका छन् ।

Agni Group

“नेपाल विद्याथी संघको विधान २०२७ को सातौँ संशोधन, २०७५ को धारा ३१, ३४ र २०७८ फाल्गुण ३ गतेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको निर्णयको समेत प्रतिकूल हुने गरी विभिन्न जिल्ला कमिटीहरू र क्याम्पस कमिटीहरूमा एकपक्षीय र गुटगत रूपमा गठन गरिएका नियुक्तिहरू पूर्णतया विधानविपरीत भएकाले तत्काल नियुक्ति बदर गर्न र सो स्थानहरूमा विधिवत् रूपमा प्रतिनिधि खटाई अधिवेशनको वातावरण तयार गर्न ध्यानाकर्षण गर्दछौँ,” विज्ञप्तिमा लेखिएको छ ।

इतर समूहका विद्यार्थी नेताहरूले विधि र विधानविपरीतका गतिविधि बन्द नगरे जस्तोसुकै मूल्य चुकाउन बाध्य हुने र त्यसको जिम्मेवार पार्टी र नेविसंघको नेतृत्व हुने चेतावनी दिएका छन् ।

Global Ime bank

उनीहरूले आउँदो चैत ५ गते  स्ववियु निर्वाचन घोषणा भइसकेको अवस्थामा संघले कहिले पूर्णता पाउँछ भन्दै प्रश्न उठाएका छन् ।
 

NUs1675166584.png

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC