site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चितवन राजनीतिक प्रयोगशाला भयो, केन्द्रले दृढता देखाए ग्यारेन्टी उपनिर्वाचन जित्छौँ : राजेश्वर खनाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालले चितवन राजनीति प्रयोगशाला बनेको बताएका छन् । 

मंगलबार राजधानी काठमाडौंमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले गएको चुनावमा टिकट वितरणमा देखिएको मतभेदले कांग्रेसले प्रत्यक्षतर्फ सिट र समानुपातिकतर्फ मत गुमाएको बताए । साथै, उनले क्षेत्रनम्बर २ मा हुने उपनिर्वाचनमा माटोमा भिजेको उमेदवार उठाउन सकेमात्र कांग्रेसले जित्ने उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“चितवन कांग्रेसले मात्र उपनिर्वाचनमा कांग्रेस जिताउँछु भनेर दृढ भएर हुँदैन । केन्द्रीय समिति र सिंगो कांग्रेस दृढ भएर लागे चुनाव जित्ने ग्यारेन्टी म लिन्छु,” उनले भने ।

निर्वतमान सांसद रवि लामिछानेप्रति इंगित गर्दै उनले चितवन २ का मतदाताले अब झुट र अनागरिक व्यक्तिलाई पुनः मत दिएर जिताउने विश्वास आफूलाई नरहेको बताए । आसन्न उपनिर्वाचन पार्टीको प्रतिष्ठासँग जोडिएकाले पनि चुनाव जिताउन कांग्रेस सभापति शेरबहादुर देउवादेखि चितवनको साधारण सदस्य पनि लाग्नुपर्ने जोड उनको थियो ।

Global Ime bank

पार्टीको गढ चितवन भए पनि आफ्नै गल्तीका र कमजोरीका कारण चुनाव हार्नुपरेको धारणा राखे । गएको निर्वाचनमा टिकट वितरणमा पार्टीले गरेको निर्णय गलत भएको र उपनिर्वाचनमा अब त्यो दोहोर्याउन नहुने धारणा उनको थियो । साथै, गठबन्धन भनेर चुनाव लड्ने अनि गठबन्धन गर्ने नाइके भागेपछि मतदातामा अन्योल भएको तर्क उनको थियो ।

“मैले प्रचण्डजीलाई अन्तिम घण्टामा आएर चितवन छाड्ने निर्णय नगर्नुहोला, निर्णय गर्नुहुन्छ भने अहिले नै गर्नुहोला भनेर महिना दिनअघि नै भनेको थिएँ । उहाँ गोर्खा जानुभयो । यसले गठबन्धनमा अझ संशय फैलायो,” उनले भने, “कांग्रेस एक्लै लडेको भए जित्थ्यो । ओझेलमा परेका साथीहरू विद्रोहमा निस्कनुभयो । जगन्नाथजी, खुल्ला ३५ मा केन्द्रीय सदस्य जित्नुभएको दिनेशजीहरुले विद्रोह गरेपछि कांग्रेसको मत बाँढिएको हो । अनि हामीले चुनाव जित्न नसकेका हौं । माओवादीबाट पनि गल्ती भयो ।”

नयाँ आएको पार्टीले स्थायित्व नदिने भन्दै उनले जिल्ला बनाउन पार्टीभित्रको अन्तरकलहलाई मथ्यर बनाउनुपर्नेमा जोड दिए । साथै, चितवनमा कांग्रेसलाई पुनः शक्तिशाली बनाउन पनि बाहिरका मान्छेलाई नभएर स्थानीय नेतालाई टिकट दिनुपर्नेमा उनको जोड थियो ।

“चितवनको राजनीति अलि फरक छ । बाहिरबाट आएर बसेका मानिसहरु धेरै हुनुहुुन्छ,” उनले भने, “जसलाई टिकट दिए पनि चितवनकै स्थानीय नेतालाई टिकट दिन मैले सभापतिलाई आग्रह गरेको छु । अब मान्छे को हुन्छ वा उमेदवार को हुनुपर्छ भनेर चाहिँ म भन्दिनँ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC