site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विश्वविद्यालयहरु दलीयकरणको मारमा परे : सांसद देव
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परेको बताएका छन् । 

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा बोल्दै उनले नेपाली विश्वविद्यालयहरुमा स्वायत्तताको विषय ठूलो बनेको बताए । उनले विश्वविद्यालयहरु दलीयकरणको मारमा पर्दा शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वविद्यालयहरु दलीयकरण हुँदा विद्यार्थीहरुले उच्च गुणस्तरको शिक्षा ग्रहण गर्न नसकेको बताउँदै उनले उच्च गुणस्तरीय शिक्षा प्राप्त नहुँदा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु दक्षिण एसियाली विद्यार्थीहरुसँग पनि प्रतिष्पर्धामा पछि परिरहेको बताए । उनले देशभित्र सरकारबाहेकका क्षेत्रबाट शिक्षा क्षेत्रमा आउने पुँजीलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

“नेपालमा जति पनि विश्वविद्यालयहरु छन्, त्यहाँ एउटा ठूलो विषय भनेको स्वायत्तताको विषय हो । राजनीतीकरणभन्दा पनि दलीयकरणको मारमा परेका छन् । त्यसले पनि शैक्षिक गुणस्तरमा सुधार आउन सकेको छैन,” उनले भने, “देशभित्र सरकारबाहेकका पुँजी जहाँ जहाँ छन् र बाहिरबाट आउनसक्ने सम्भावना जहाँ छ, त्यसलाई एनलाइसेस गरेर इनिसिएटर्सहरु खडा हुन्छ, पहल गर्छ भने त्यसलाई सरकारले इन्करेज गर्नुपर्छ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC