site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्को बैंकको एटीएम प्रयोग गर्दा निःशुल्क पाउने सुविधा हटाइयो, १५ रुपैयाँ लाग्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकाल्दा लाग्ने शुल्क घटाएको छ ।

अर्को बैंकको एटीएम प्रयोग गर्दा यसअघि २० रुपैयाँ शुल्क लाग्ने व्यवस्था थियो । राष्ट्र बैंकले निर्देशिका जारी गर्दै अब २० रुपैयाँ शुल्कलाई १५ बनाएको हो ।

एउटा बैंकको एटीएम प्रयोग गरेर अर्कोबाट रकम निकाल्दा यसअघि हरेक महिना दुईपटकसम्म शुल्क नलाग्ने व्यवस्था थियो । त्यसपछि प्रत्येकपल्ट २० रुपैयाँ शुल्क लाग्ने गर्थ्यो । राष्ट्र बैंकले अब पाँच रुपैयाँले शुल्क घटाएर निःशुल्कको सुविधा हटाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको छ । यसअघि, बैंक खाताबाट वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था थियो । त्यसलाई बढाएर प्रतिदिन दुई लाख लाख रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था गरिएको छ ।

वालेटबाट अरू बैंकको खातामा पठाउने पैसाको सीमा बढाइएको छ । ५० हजारबाट दुई लाखसम्म पठाउन पाउने सीमा तोकिएको छ ।

Global Ime bank

एउटा मोबाइल वालेटबाट दिनमा २५ हजार पठाउने सीमालाई बढाएर ५० हजार पुर्‍याइएको छ । 

क्यूआर कोडबाट तीन लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने भएको छ । यसअघि, यसरी दुई लाखसम्मको कारोबार गर्न सकिन्थ्यो ।

सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)को शुल्क पनि घटाइएको छ । तीन हजारसम्मको राजस्व बुझाउँदा पाँच रुपैयाँ शुल्क लाग्ने गरेकामा त्यसलाई पाँच हजार रुपैयाँसम्म तिर्दा पाँच रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ ।

तीन हजार रुपैयाँसम्मको कारोबारमा पाँच रुपैयाँ र पाँच हजार एक रुपैयाँदेखि १० हजारसम्म आठ रुपैयाँ शुल्क तोकिएको छ । यसअघि, तीन हजार एकदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा आठ रुपैयाँ शुल्क लाग्थ्यो ।

यस्तै, १० हजार एकदेखि माथिको कारोबारमा १० रुपैयाँ शुल्क लाग्नेछ । यसअघि, २० रुपैयाँ शुल्क लाग्ने गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC